|

मकवानपुर : प्रदेश ३ को राजधानी तोक्ने विषयमा विवाद चर्किएपछि नेकपाले आफ्ना सांसदहरुलाई ह्वीप जारी गरेको छ।

हेटौंडामा बसेको नेकपा प्रदेश ३ संसदीय दलको बैठकले आफ्ना सबै सांसदहरुलाई राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन बहुमतले ह्वीप जारी गरेको हो। 

हेटौँडाको पक्षमा भन्दा विपक्षमा धेरै सांसदहरु उभिएपछि नेकपाले ह्वीप जारी गरेको हो। नेकपाले संसदमा हुने मतदानका क्रममा अनिवार्य प्रदेश ३ को राजधानी हेटौँडा र नाम बागमतीको पक्षमा उभिन निर्देशन दिएको छ। 

नेकपाले हेटौंडा र बागमतीको पक्षमा नउभिइ फ्लोर क्रस गरेमा सांसदहरुमाथि कारवाहीको चेतावनी दिइसकेको छ। 

नेकपाका केन्द्रीय अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले दुई पटकसम्म हेटौंडाको पक्षमा उभिन निर्देशन दिइसकेका छन््। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.