|

काठमाडौं : दशकौं पहिले चलनमा रहेका बाजागाजा अहिले प्रयोग हुन छाडेका छन् भने पुराना सीप कौशलको पुस्तान्तरण नहुँदा चलनचल्तीमा रहेका बाजागाजासमेत लोप हुने अवस्थामा पुगेका छन्।

तिनै पुराना बाजागाजा र पुरानो उपत्यकाबारे जानकारी दिने उद्देश्यले अहिले ललितपुरको पाटनमा परम्परागत बाजागाजा र फोटो प्रदर्शनी चलिरहेको छ।

पाटन दरबार संग्रहालयका सहायक पथप्रदर्शक सुनिल पाण्डेले घुम्न पुगेका आन्तरिक र बाह्य पर्यटकलाई पुराना बाजागाजाबारे जानकारी दिँन्छन्। संग्रहालयमा अहिले ५ दशकभन्दा पहिलेको सांस्कृतिक परम्परामा प्रयोग हुने बाजागाजा र ५ दशक पहिलेको पाटन तथा काठमाडौं उपत्यका दर्शाउने विभिन्न फोटो र स्केचहरूको प्रदर्शनी चलिरहेको छ।

पुस २६ गतेबाट जारी प्रदर्शनीमा करिब ४५ वटा नेवारी बाजागाजा र करिब ४० वटा पुराना तस्वीर राखिएको छ। संग्रहालयले संकलन गरेका बाजागाजा र फोटो संकलक सुनिल उलकले विभिन्न विदेशी फोटोग्राफरले खिचेका फोटो संकलन गरेर प्रदर्शनीमा राखेका हुन्।

प्रदर्शनीले परम्परागत बाजागाजाको अनुसन्धान गर्न र इतिहासबारे जानकारी गराउने संग्रहालयका सूचना अधिकारी सुरेशमान लाखे बताउँछन्।

 

-

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.