|

काठमाडौं : विभिन्‍न प्रकार प्लास्टिकका पाइप उत्पादन गरिरहेको पञ्चनकन्या ग्रुपले पहिलो पटक नेपालमा सीपीभीसी ट्रान्सपरेन्ट फिटिङ्‍ग्स ल्याएको छ। 

उक्त ग्रेडको पाइइपको आधिकारिक अनावरण शुक्रवार होटेल र्‍याडिसन एक पत्रकार सम्मेलनमार्फत गरिएकोछ। 

यस्ता उत्पादनहरु चिसो पानीका लागि उत्तम, पारदर्शी र जडान गर्न सजिलो हुने कम्पनीले जनाएको छ। यस पाइय जडान गर्न महंगा सामाग्री नचाहिने जनाउँदै कम्पनीले सामान्य सीपीभीसी पाइप भन्दा यो बलियो र बढी चाप बहन गर्न सक्ने क्षमताको रहेको उल्लेख गरेको छ।

यस्ता सीपीभीसी ट्रान्सपरेन्ट फिटिङ्‍ग्सहरु आईएसओ ९००१ : २००१५ स्ट्यान्डर्डका बनाइने कम्पनीले उल्लेख गरेको छ। वातावरण अनुकूल, तुलनात्मकरुपमा किफायती हुनुका साथै विश्व प्रसिद्ध जापानिज सेकिस्युआई कम्पनीको कच्चा पदार्थ प्रयोग गरिएकाले कम्तीमा ५० वर्षसम्म टिकाउ हुने बताइएको छ। यो प्रविधिलाई प्लम्बिङ सिस्टममा नयाँ विकल्प मानिएको छ। 

पञ्चकन्याले सीपीभीसी पाइप तथा फिटिङ्ग्समा नेपाल गुणस्तर चिन्ह र भारतीय मानक ब्यूरो आईएसआई प्राप्त गर्ने पहिलो कम्पनी आफू भएको पनि उल्लेख गरेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.