|

सोलुखुम्बु : कर्तव्य ज्यान मुद्दाका चारजना अभियुक्त धरौटीमा छुटेका छन्। कर्तव्य ज्यान मुद्दाको आभियोगमा पक्राउ परेका सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका २ बासाका ५ जनामध्ये चारजना धरौटीमा छुटेको जिल्ला अदालत सोलुखुम्बुले जनाएको छ।

गत मसिंर २५ गते विवाह भोजमा झगडा हुँदा स्थानीय पविधन राईको मृत्यु भएपछि उनीहरूलाई २७ गते गाउँबाटै प्रहरीले पक्राउ गरेको थियो। जिल्ला न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले बिहीबार माप्य दूधकोशी गाउँपालिका २ का टकंबहादुर भुजेल, छत्रबहादुर भुजेल, लोकेन्द्र भुजेल र वडा नम्बर १ का राज भुजेललाई जनही डेढ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

यस्तै सोही घटनाका अभियुक्त डाकमान कार्कीलाई भने पुर्पक्षका लागि थुनामै राख्न आदेश दिएको जिल्ला अदालत सोलुखुम्बुका श्रेस्तेदार मोहन घिमिरेले जानकारी दिए।

गत मंसिर २५ गते राति स्थानीय गोकर्ण कार्कीको विवाह भोजमा झगडा हुँदा पविधन राई गम्भीर घाइते भएका थिए। उनको मंसिर २७ गते उपचारको क्रममा काठमाडौंको केएमसी अस्पतालमा मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.