|

दैलेख :  माथिल्लो कर्णाली जलविद्युत आयोजना जिएमआरको कार्यालयनजिकै शुक्रबार राति भएको भनिएको बम बिष्फोटको घटनाका बारेमा अनुसन्धान गर्ने दैलेखबाट प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नेतृत्वमा गएको सुरक्षा निकायको टोलीले दैलेख क्षेत्रमा कुनै पनि बिष्फोट नभएको जनाएको छ।

टोलीले निर्माणाधीन माथिल्लो कर्णाली जलविद्युत आयोजना आठबीस नगरपालिका डावमा यस्तो कुनै पनि घटना नघटेको दैलेख प्रहरी प्रमुख हरिबहादुर वलीले बताए। 

वलीले अनुसार जिएमआरको अफिसमा कुनै पनि बिष्फोट भएको नभएको बताए। तर अछाम जिल्ला साइटतिर बिष्फोट भएको भन्ने अपुष्ट जानकारी छ। अछाम साइटमा बिष्फोट भएकाले घटनाबारे अछाम प्रहरीले छानबिन गरिरहेको उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.