|

अमेरिका-इरान विवादबारे मध्यस्थताका लागि जापानी प्रधानमन्त्री सिन्जो आवेले शनिबार मध्यपूर्वको पाँच दिने भ्रमण सुरु गरेका छन्।   

भ्रमणका क्रममा आवेले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानका उच्च अधिकारीसँग भेटवार्ता गुर्नुहुने जापानी प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ। यी मुलुकले मध्यपूर्वको अवस्थालाई स्थिर गर्नसक्ने जापानको विश्लेषण रहेको छ।   

प्रधानमन्त्री आवेले भने, 'जापानको खाडी मुलुकहरू साउदी अरब, यूएई र ओमनसँगको मित्रतापूर्ण सम्बन्धका आधारमा त्यहाँका नेताहरूसँग मध्यपूर्वको राजनीतिक स्थिरताका लागि कूटनीतिक पहलका लागि आग्रह गर्नेछु।'

भ्रमण टोकियोले सामुद्रिक आत्मरक्षा बल (एमएसडीएफ) का अधिकारी र हार्डवेयरको लागि सूचना सङ्कलन अभियानपूर्व भएकोले पनि विशेष महत्वका साथ हेरिएको छ। अभियान ओमनको खाडी र अरबी सामुद्रिक क्षेत्रमा सञ्चालन हुने तय भएको छ।

प्रधानमन्त्री आवेले आफूले जापानी व्यवसायिक जहाजहरूको सुरक्षाको प्रत्याभूत गर्न ती खाडी मुलुकलाई जापानी अभियानको उद्देश्य बताउन र समर्थन प्राप्त गर्नका लागि भ्रमणलाई सदुपयोग गर्नुहुने अनुमान गरिएको छ।

यसबाहेक अमेरिका र इरानबीच पछिल्ला केही दिन यता बढेको तनाब मथ्थर गर्न खाडी मुलुकहरूका नेताहरूसँग वार्ताहरू हुने जापानले बताएको छ। प्रधानमन्त्री आगामी बुधबार स्वदेश फर्किने छन्।    

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.