|

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्षको नोबल शान्ति पुरस्कार आफुले पाउनुपर्ने भएपनि अरुलाई नै दिईएको गुनासो गरेका छन्।

शान्ति पुरस्कारका लागि आफ्नो दाबेदारी रहेपनि बेवास्ता गरिएको आरोप लगाउँदै ट्रम्पले भनेका छन्–'मैले सुनेको थिएँ कि त्यो देशको राष्ट्रप्रमुखलाई नोबेल शान्ति पुरस्कार दिइन्छ–जसले आफ्नो देश बचाउन लागिपर्छ। मैले देश बचाउन धेरै काम गरेँ, तर मलाई नै पुरस्कार दिइएन।' 

ओहायोको टोलेडमा समर्थकहरुलाई सम्बोधन गर्दै ट्रम्पले आफुले निकै ठूलो युद्ध हुन नदिएको, तर आफूले पुरस्कार नपाउनुको कारणबारे केही भन्‍न नसक्ने बताए। उनले अघिल्लो वर्ष नोबेल पुरस्कार पाउने इथियोपियाका राष्ट्रपति अबि अहमदको नाम समेत लिएनन्। गत सालको नोबेल शान्ति पुरस्कार पाएका ४३ बर्षीय अहमद अफ्रिकामा सबैभन्दा कम उमेरमा प्रधानमन्त्री बनेका व्यक्ति हुन्। 

सन् २०१८ मा इथियोपिमा महिनौंसम्म चलेको सरकारविरोधी प्रदर्शनपछि त्यहाँका प्रधानमन्त्री बनेका थिए। विरोध प्रदर्शनकै बीच उनका पूर्ववर्ती प्रधानमन्त्रीले पद छाडेका थिए। 

प्रधानमन्त्री बनेपछि अहमदले इथियोपियामा निकै ठूलो स्तरमा उदारीकरणको शुरुवात गरेका थिए। जेलमा रहेका हजारौं कार्यकर्तालाई रिहाई गर्दै अहमदले निर्वासित असन्तुष्टहरुलाई देश फर्कन अनुमति दिएका थिए। मिडियालाई स्वतन्त्रतापूवर्कक काम गर्न दिएका अहमदले महिलाहरुको प्रतिनिधित्व पनि सुनिश्चित गरेका छन्। साथै उनले सन् २०१८ कै जुलाईमा इरिट्रियासँग शान्ती सम्झौता पनि गरेका थिए।

ट्रम्पले अहिलेसम्म अहमदलाई नोबेल शान्ति पुरस्कार प्राप्त गरेकोमा औपचारिक बधाई दिएका छैनन्। तर उनकी छोरी इभायन्का ट्रम्प र अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले चाहिँ अहमदलाई बधाई दिइसकेका छन्।

आफूले नोबेल शान्ति पुरस्कार पाउनुपर्ने जिकिर ट्रम्पले सार्वजनिक रुपमै भनिरहेका छन्। उत्तर कोरियाका नेता किम जोङ्ग उनलाई परमाणु हतियार त्याग्न ट्रम्पले सहमत गराएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.