|

उदयपुर : विश्व कीर्तिमानी उदयपुरका दुई युवालाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ प्रमाणपत्र प्रदान गरिएको छ।

उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की र काँधमा खुट्टा राखेर मोटरसाइकल चलाएर विश्व कीर्तिमान राखेका धनश्याम श्रेष्ठलाई प्रमाणपत्र दिइएको हो। गिनिज बुक अफ द वल्र्ड रेकर्डका संस्थापक डा. पताभि राम र डा. सान्थी देवीले विश्व कीर्तिमनी कार्की र श्रेष्ठलाई प्रमाणपत्र हस्तान्तरण गरेका हुन्।

गाइघाटका कार्की ११.५३ किलोमिटर दूरीमा उल्टो मोटरसाइकल यात्रा गरेर विश्व कीर्तिमान राखेका हुन्। यस्तै, कटारी नगरपालिकाका श्रेष्ठले काँधमा खुट्टा राखेर मोटरसाइकल चलाएर कीर्तिमान राखेका हुन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.