|
फाइल फोटो

ओखलढुंगा : ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। चिसंखुगढी गाउँपालिका-४ नवलपुरमा छांगे खोलाको दहमा डुबेर स्थानीय ६९ वषीय जसधन राईको मृत्यु भएका हो।

शनिबार साँझ ५ मिलबाट घरतर्फ फर्कने क्रममा राइको दहमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले भेटेका थिए।  राईलाई दहमा डुबेर मृत देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

घटनाबारेमा जानकारी पाउना साथ विमानस्थल सुरक्षार्थ रम्जाटारमा खटिएको टोली पुगी कानुनी प्रक्रिया पूरा गरेको थियो। थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरीको टोली खटिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.