|
फाइल फोटो

काठमाडाै‌ : सहिद स्मारक ए डिभिजिन लिग फुटबलमा सरस्वती युथ क्बलव अंकको खाता खोलेको छ। लिगको छैठौं चरणको खेलमा ब्रिगेड ब्वाइजलाई गोलरहीत बरावरीमा रोक्दै सरस्वतीले पहिलो १ अंक जोडेको हो। आठौं स्थानमा रहेको ब्रिगेडको ७ अंक भएको छ। पुछारमा रहेको सरस्वतीले यसअघिका पाँचवटै खेलमा पराजय भोगेको थियो।

आजै छैठौँ चरणको पहिलो खेल जित्दै फ्रेन्डस् क्लबले पहिलो जित दर्ता गरेको छ। फ्रेन्डसले लिगमा पहिलो जित निकाल्ने क्रममा उपाधिको दाबेदार थ्रिस्टारलाई १-० ले स्तब्ध बनायो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा फ्रेन्ड्सलाई जित दिलाउन विदेशी खेलाडी वाग्नर डी कार्मोले निर्णायक गोल गरे। खेलको म्यान अफ दी म्याच कार्मोले १३ औँ मिनेटमै गोल गरे।

फ्रेन्ड्सले अहिलेसम्म खेलेको ६ खेलमा यो नै पहिलो जित हो। उसले अहिलेसम्म ३ खेल हार्दा २ खेल बरावरी गरेको छ। अंकतालिकाको ११ औं स्थानमा रहेको फ्रेन्डसको कुल ५ अंक छ। थ्रीस्टार ६ खेलबाट १० अंक जोडेर चौथो स्थानमा छ। दोस्रो स्थानमा उक्लने मौका गुमाएको थ्रिस्टारलाई आजको हारले उपाधि होडमा ठूलो धक्का लागेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.