|

काठमाडौं : नेपाल एपिएफ क्लबले न्यू डायमण्ड भलिबल प्रतियोगिताको उपाधि जितेको छ।

गोगंबु स्थित ढोरपाटन स्पोर्टस क्लबको कोर्टमा आइतबार भएको फाइनलमा आयोजक न्यू डायमण्ड क्लबलाई ३–० को सोझो सेटमा हराउँदै एपिएफले उपाधि लगातार दोस्रो पटक जित्न सफल भयो।

लगातार तेस्रो संस्करणको फाइनलमा एक अर्का विरुद्ध प्रतिष्पर्धा गर्दा विभागीय टिम एपिएफ लगातार दोस्रो पटक बाजी मार्न सफल भयो। पहिलो संस्करणमा भने आयोजक न्यू डायमण्डले एपिएफलाइनै हराएर उपाधि जितेको थियो। फाइनल खेल एपिएफले २५–२०,२५–२३ र २५–१८ को सेटमा नतिजा आफ्नो पक्षमा पार्‍यो।

उपाधि जितेको एपिएफले चार लाख एक सय ए रुपैयाँ प्राप्त गर्दा उपविजेता बनेको न्यू डायमण्डले तीन लाख एक सय एक रुपैयाँ प्राप्त गर्न सफल भयो। नेपाल पुलिस क्लबले अर्को विभागिय त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हाँसिल गर्‍यो।

खेलमा पुलिसले आर्मीलाई २५–२२, २५–९ र २५–१२ ले हराएको थियो। जितसँगै पुलिसले एक लाख ५१ हजार ११० रुपैयाँ प्राप्त गर्न सफल भयो।

चौंथो बनेको आर्मीले नगद ५१ हजार पाप्त गर्‍यो।

प्रतियोगिताका उत्कृष्ट

सर्वोत्कृष्ट खेलाडी – सरस्वती चौधरी (एपिएफ)

उत्कृष्ट स्पाइकर – प्रतिभा माली (न्यू डायमण्ड)

उत्कृष्ट ब्लकर – हिरा केसी (एपिएफ)

उत्कृष्ट सेटर – अरुणा शाही (न्यू डायमण्ड)

डिफेन्स – सलिना श्रेष्ठ (न्यू डायमण्ड)

सर्भर – सरस्वती चौधरी (एपिएफ)

क्विकर – कोपिला राना (पुलिस)

प्रशिक्षक – महेशबहादुर चौधरी (एपिएफ)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.