काठमाडौं : हिलसाइड कलेज अफ इन्जिनियरिङले १३औं दक्षिण एसियाली खेलकूदमा स्वर्णपदक जित्ने विद्यार्थी चुडामणी कुंवरलाई सम्मान गरेको छ। कुंवरले सागमा तेक्वान्दोतर्फ स्वर्ण पदक जितेका थिए।
कलेजले ललितपुरमा आयोजना गरेको स्वागत, बिदाई र पुरस्कार वितरण कार्यक्रममा स्वर्ण पदक खेलाडी कुंवर सम्मानित भएका हुन्। सो अवसरमा सप्ताहब्यापी खेलकुद कार्यक्रममा सफलता हात पार्ने बिद्यार्थीहरुलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।
कलेजका प्रीन्सिपल डा. केएन दुलालको सभापतित्त्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पुल्चोक इन्जिनियरिङ्ग अध्ययन संस्थानका सहायक डीन इ. महेन्द्रराज धिताल प्रमुख अतिथि, प्रा. डा. गोबिन्द राज पोखरेल बिशिष्ट अतिथि थिए।
इन्जिनियरिङ शिक्षाको आवश्यकता र औचित्यता माथि प्रकाश पार्दै यस कलेजका मेनेजिङ डाइरेक्टर गोपीकृष्ण न्यौपानेले उपस्थित सबैलाई स्वागत गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।