|

काठमाडौं : सुदुरपश्चिमका गायक तिलकसिंह पेलाको 'निर्जन किनार' बोलको म्युजिक भिडियो बजारमा आएको  छ। 

राजधानीमा गत शनिबार एक कार्यक्रमको आयोजना गरी पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, वरिष्ठ संगीतकार धनबहादुर गोपाली र राजु सिंहलगायतको उपस्थितिमा  लोकार्पण भएको हाे। 

कृष्णसिंह पेलाको शब्द र रिदम कँडेलको संगीत संयोजन रहेको उक्त गीतको म्यूजिक भिडियोमा सनम कठायत र समिक्षा पोखरेलको अभिनय रहेको छ। भिडियोलाई पराजन केसीले निर्देशन गरेका हुन्।

मुकेश हुमागाइँको छायाँकन रहेको भिडियोलाई विनोद बमले सम्पादन गरेका छन्।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.