दोषीमाथि कडा कारवाही हुन्छ : झा

|

जनकपुरधाम : अवैध उत्खननको विरोध गर्दा हत्या गरिएका दिलीप महतोका परिवारलाई प्रदेश २ सरकारले ५ लाख रूपैया आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दिलीपका परिवारलाई तत्काल पाँच लाख राहत उपल्बध गराउने निर्णय गरेको मुख्य न्यायधीवक्ता दीपेद्र झाले जानकारी दिए। उनले भनेका छन्, 'अभियोजनकर्ताले कर्तव्य जानमा मुद्दा चलाइ सर्वस्वसहित जन्मकैदको मागदाबाी गर्ने वातावरण वनेको छ।'

प्रदेश सरकारको तर्फबाट मुख्य न्यायधिवक्ता झा मृतक दिलीपको घर मिथिला नगरपालिका-५ श्रीपुर पुगेर परिवारको अवस्था बुझेका थिए। उनका अनुसार दिलिपको घरमा ६ जना बहिनी, बिरामी हजुरबुवा, दमका रोगी पिता र आमा छिन्। 

'बहिनीहरुको रुवाइ कारुणिक थियो। विटेक अन्तिम सेमेस्टर सकेर छुट्टीमा आएका रहेछन् दिलीप। समाजको लागि कुरा उठाउँदा क्रुर तरिकाले मारियो । यस्ता अपराधी कुनैले हालतमा उम्मुक्ति नपाउन सरकारी वकिल र प्रहरीसँग कुरा गरेको छु।'

शुक्रवार विहान दिलीपको घर नजिकै औरही खोला क्रसर उद्योगका टिपरबाट बालुवा गिट्टी भरिरहेका थिए। उनलाई साथी रोशन यादवले बोलाएर लगेपछि क्रसर संचालक बिपिन महतो, टिपर चालक मुनेन्द्र महतो लगायतले हत्या गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.