|

दैलेख : जिल्लाको चामुण्डा बिन्द्रासैनि नगरपालिका २ चाल्लेमा नवजात शिशुको बेवारिसे शव भेटिएको छ। 

चाल्ले जंगलमा असुरक्षित गर्भपतन गराई कार्टुनमा हालेर फालेको अवस्थामा बच्चाको शव भेटिएको  नगरपालिकाकी उपप्रमुख तारा शाहीले जानकारी दिइन्। 

करिब ६ महिने गर्भस्थ शिशुको शव भेटिएपछि ईलाका प्रहरी कार्यालय दुल्लुले घटनास्थलमा प्रहरी टोली खटाएको छ।

घटनाबारे अनुसन्धान गर्न प्रहरी टोली खटाइएको प्रहरी निरक्षक हिक्मत बहादुर बोहराले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.