|

रौतहट : रौतहट जिल्ला कारागार गौरमा अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका एकजना कैदी बिजुलीको लाइन गएको मौका छोपी कारागारबाट फरार भएका छन्।

जिल्लाको गढीमाई नगरपालिका १ बस्ने २८ वर्षीय अशोक यादव बिजुलीको लाइन गएको मौका छोपी कारागारबाट फरार भएका हुन्। राति ८ बजे बिजुलीको लाइन कटिएको मौका छोपी कैदी यादब फरार भएको जिल्ला कारागार कार्यालय गौरका प्रमुख शम्भु यादबले जानकारी दिए।

ढोकामा कार्यालय सहयोगीले ताल्चा लगाउन बिर्सेको र बिजुलीको लाइन गएको मौका परेर यादब फरार रहेको उनले बताए। सर्लाही जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा १५ बर्षको सजाय तोकिएर एकसाता अघि कैद भुक्तानका लागि उनलाई गौर कारागार ल्याइएको थियो।

कारागारबाट आइतबार राति कारागारमा कैदी गणनाको समय यादव फरार भएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए। कारागारभित्रै कैदीले बनाउने बाँसको मुढा राखेर पर्खालमा चढी हामफालेर भागेको प्रहरीको अनुमान छ। उक्त स्थानमा फरार कैदी अशोक यादवको चप्पल र टोपी कारागार प्रशासनले राति नै बरामद गरेको छ।

कैदी फरार भएलगत्तै गौरको चारै नाकामा कडाइका साथ प्रहरीले चेकजाँच गरेको छ। यसैबीच कैदी फरारको बारेमा अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत  किरननिधि तिवारीको अध्यक्षतामा तीन सदस्सीय छानबिन टोली गठन गरेको छ।

छानबिन टोलीमा जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी निरीक्षक नविनकुमार सिंह र राष्ट्रिय अनुुसन्धानका प्रतिनिधि मायाशंकर रहेका छन्। यसैगरी २०७० सालमा पनि कारागारबाट नै १ जना कैदी फरार भएका थिए। अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय भोगिरहेका नबिनकुमार यादब पनि फरार भएका थिए।

गौरको तयब अस्पतालमा उपचारको क्रममा यादब फरार भएका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.