|

भोजपुर : जिल्ला अदालत भोजपुरले हत्या अभियोगमा एक जनालाई जन्मकैदको फैसला सुनाएको छ।

साइनोमा काम पर्ने स्थानीय ६३ वर्षीय बलबहादुर राईको कुटपिट गरी हत्या गरेको अभियोगमा भोजपुर नगरपालिका १० भैसीपंखाका ४३ वर्षीय शंखराज भन्ने श्रीकृष्ण राईलाई जन्म कैदको फैसला गरेको हो। 

अभियुक्त राईले कुटपिट गरी मारेको अभियोगमा जिल्ला न्यायाधीश गेहेन्द्रराज पन्तको इजालसले  मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा २ बमोजिम जन्मकैदको फैसला गरेको आदालतका नासु खड्ग भट्टराईले जानकारी दिए। त्यस्तै अदालतले मृतकी श्रीमती मैना राईले अभियुक्त श्रीकृष्णबाट एक लाख क्षतिपूर्ति पाउने पनि फैसला गरेको छ। 

आफ्नै घरको सिकुवामा आराम गर्दै बस्नु भएका मृतक बलबहादुरलाई विना कारण मादक पदार्थ सेवन गरी श्रीकृष्णले कुटपिट गरी गत असोज १५ गते घाइते बनाएका थिए। आर्थिक अवस्था समेत कमजोर रहेका वलवहादुरलाई कुटपिट गर्ने श्रीकृष्णले फकाएर, एक वोतल रक्सीमा किनेर एक आपसमा मिलापत्र गरे पनि वलवहादुरको असोज १७ गते घरमै मृत्यु भएको थियो।  

बलबहादुरको उनको कुटाइका कारण ज्यान गएपछि परिवारको जाहेरीपछि प्रहरीले श्रीकृष्णलाई नियन्त्रणमा लिएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.