|
फाइल फोटो

जनकपुरधाम : ढल्केबर-जनकपुर सडकखण्डको लक्ष्मीमिनिया गाउँपालिका-६ मा कलेज बसले मोटरसाइकलमा ठक्कर दिँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको छ।

जनकपुरबाट महेन्द्रनगरतर्फ गइरहेको ज. १० प. ३५३५ नम्बरको मोटरसाइकललाई मोडल कलेज जनकपुरको ज. १ क २८३ नम्बरको बसले ठक्कर दिएको हो। मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ। मृतकको पहिचान भने खुल्न सकेका छैन।

बसले मोटरसाइकलमा ठक्कर दिएपछि स्थानीयबासी आक्रोसित भएर बसमा आगजनी गरेका छन्। स्थानीयका अनुसार बसमा अहिले दनदनी आगो बलिरहेको छ। प्रहरी घटनास्थल पुग्न सकेका छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.