|

म्याग्दी : म्याग्दीको सदरमुकाम बेनीमा मंगलबारदेखि नेपाल भ्रमण वर्ष २०२० एवं आठौं माघे संक्रान्ति मेला २०७६ सुरु भएको छ।

परम्परातरूपमा लाग्दै आइरहेको माघे संक्रान्ति मेलाको जगर्ने, स्थानीय उत्पादनको बजारीकरण तथा आन्तिरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको मेलाको गण्डकी प्रदेशका सांसद विनोद केसीले उद्घाटन गरे।

म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा बेनीको खुलामञ्चमा आयोजित मेलाको उद्घाटनपूर्व विभिन्न जातजाति र समूहले झाँकी प्रदर्शन गर्नुका साथै बजार परिक्रमा गरेका थिए। सोही अवसरमा नेपाल भ्रमण वर्ष २०२० को विधिवतरूपमा स्वागतसमेत गरिएको थियो।

मेलामा बेनी नगरपालिका ४ राक्सेका महिलाको पञ्चेबाजा प्रमुख आकर्षणको रुपमा रहेको छ। मेलामा खुल्ला एकल लोकनृत्य तथा नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी खुल्ला लोकगीत प्रतियोगिता, खुल्ला अन्ध निसान, महिला पुरुष छेलो फाल्ने, लठो तान्ने प्रतियोगिता पनि आयोजना गरिएको आयोजक संस्थाका संयोजक सुनिता केसीले बताइन्।

‘उद्योग व्यापार र कलाको विकास गरौँ। संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित आयोजना गरिएको मेला २ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.