|

काठमाडौं : अस्ट्रेलियाले भारतविरुद्धको तीन खेलको एकदिवसीय सिरिजमा पहिलो पटक १० विकेटको जित निकाल्न सफल भएको छ। मंगलबार मुम्बईको वानखडे मैदानमा भएको खेलमा २ सय ५६ रनको लक्ष्य अस्ट्रेलियाले ३७ दशमलव ४ ओभरमा बिना विकेटको क्षतीमा पुरा गर्यो। अस्ट्रेलियाको टिमले भारतविरुद्ध पहिलो पटक १० विकेटको कीर्तिमानी जित निकाल्यो।

उसका लागि डेविड वार्नरले १२८ र कप्तान एरोन फिन्चले ११० रनको अविजित इनिङ खेले । दुबैले रन चेज गर्दै भारतविरुद्ध सर्वाधिक अर्थात रेकर्डेड साझेदारी गरे। यसअघि १९९७ मा वेस्टइंन्डिजका शिवनारायण चन्द्रपाल र स्टुआर्ट विलियम्सले भारतविरुद्ध अविजित २०० रनको साझेदारी गरेका थिए।

फिन्चले १६ तथा वार्नरले १८ औं सतक लगाए। यि दुईले ५ औं पटक भारतविरुद्ध ५० प्लसको साझेदारी गरेका हुन्। यसअघि पाकिस्तानका सइद अनवर रआमिर सोहैलले १९९४  देखी १९९६ सम्ममा यस्तो रेकर्ड बनाएका थिए।

भारत १५ वर्षपछि १० विकेटले हार्यो

भारतले १५ वर्षपछि १० विकेटको हार भोग्न बाध्य भयो। अहिलेस सम्म पाँच पटक १० विकेटले पराजित भएको छ। पहिलो पटक १९८१ मा न्युजिल्यान्डसँग मेलबर्नमा पराजित भएको थियो। भारतले ११३ रनको लक्ष्य दिएको थियो। त्यस्तै १९९७ मा २०० रनको लक्ष्य वेस्टइंन्डिजले ब्रिजटाउनमा विना विकेट गुमाएर भेटाएको थियो। त्यस्तै सन् २००० मा दक्षिण अफ्रिकाविरुद्ध शारजाहमा १६५ रनको लक्ष्य दिएको भारत १० विकेटले पराजित भयो।  पछिल्लो पटक भारत २००५ मा
दक्षिण अफ्रिका सँगै कोलकतामा १० विकेटले हारेको थियो। कोलकतामा १८९ रनको लक्ष्य दिएको भारत विरुद्ध १० विकेटको जित दक्षिण अफ्रिकाले दिएको
थियो।

बिना विकेट गुमाएर दोस्रो ठुलो रन चेस

एकदिवसीय क्रिकेटमा बिना विकेट गुमाएर भएको यो दोस्रो ठुलो रन चेस हो। यसअघि २०१७ मा दक्षिण अफ्रिकाका हाशिम अमला र क्विन्टन डीककले बंगलादेश
विरुद्ध २७९ रनको लक्ष्य हासिल गरेका थिए। यसअघि दोस्रो ठुलो स्कोर २०१६ मा इंग्ल्यान्डका एलेक्स हेल्स र जेसन रायले श्रीलंका विरुद्ध २५५ रन बनाएका थिए।

वानखडेमा भारतको लगातार तेस्रो हार

भारतीय टिमले वानखडेमा लगातार तेस्रो एकदिवसीय खेलमा पराजय भोग्न बाध्य भयो। यसअघि पहिलो दक्षिण अफ्रिकाविरुद्ध २०१५ मा २१४ रनले पराजित भएको
थियो। जहाँ दोस्रो पटक २०१७ मा न्युजिल्यान्डसँग ६ विकेटले भारत पराजित भएको थियो।  भारत–अस्ट्रेलियाको टीम १३ वर्षपछि यहाँ आमुन्नेसामुन्ने भएका थिए । दुबै टिमबीच यो मैदानमा अहिले सम्म चार खेल खेलेका छन्। जसमा भारतीय टिम सिर्फ एक जित निकाल्न सफल भएको छ। तीन खेलमा अस्ट्रेलियाले जित निकालेको छ। पछिल्लो पटक २००७ मा जब दुई टिम एकअर्काविरुद्ध भिडेका थिए त्यतिबेला भारतले २ विकेटको जित निकालेको थियो।  त्यसअघि १९९६ र २००३
मा हार भोगेको छ।

वार्नरको सर्वाधिक चाँडो ५ हजार रन पुरा गर्ने चौंथो खेलाडी

वार्नरले एकदिवसीय क्रिकेटमा पाँचहजार रन पुरा गरेका छन्। सर्वाधिक कम इनिङमा पाँच हजार रन बनाउने वार्नर चौंथो ब्याट्सम्यान बने। वार्नरले ११५ इनिङमा यो उपलब्धी हाँसिल गर। दक्षिण अफ्रिकाका पुर्व ब्याटसम्यान हाशिम अमलाले १०१, वेस्टइंन्डिजका पुर्व ब्याट्सम्यान विवियन रिर्चडसन र कोहलीले ११४ इनिङमा ५ हजार रनको कीर्तिमान बनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.