|

अर्घाखाँची :  माघी पर्वको अवसरमा  प्रदेश पाँचले दुई दिन सार्वजनिक बिदा दिएको छ। 

प्रदेश पाँचका सबै १२ जिल्लामा माघी पर्व विशेषरूपमा मनाउने थारु तथा मगर समुदायको उल्लेखनीय बसोबास रहेकाले प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

माघी पर्वको अवसरमा मुख्यमन्त्री शङ्कर पोखरेलले आफ्नै सरकारी निवास बुटवलमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरे। कार्यक्रममा मुख्यमन्त्री पोखरेलले सांस्कृतिक पर्वहरुले नै समाजलाई एकताबद्ध गराइ आर्थिक समृद्धिको दिशामा अग्रसर गराउन सहयोग पुग्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.