फिचर : फोटो फिचर

परशुरामधाममा स्नान गर्नेको घुइँचो (फोटो फिचर)

माघ १, २०७६

    डडेल्धुरा : डडेल्धुराको भित्री मधेसमा पर्ने परशुराम नगरपालिका-५ परीगाउँस्थित परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मंगलबार राति भव्य मेला लागेको छ। चार धाममध्येको एक परशुरामधाममा माघे संक्रान्तिको अवसरमा मेला लाग्ने गर्दछ।  

    परशुरामधाममा रहेका चुनढुंगा भगवान परशुरामले तपस्या गरेपछि होम गर्दा बनेको जनविश्वास छ। भगवान परशुरामले तपस्या गरेकाले यो स्थानको नाम परशुरामधाम राखिएको पुराणमा उल्लेख छ।  यहाँ पुस मसान्तको रातभर आगो तापेर भक्तजनहरू जाग्रम बस्ने गर्दछन्। त्यसो गर्नाले धर्म कमाइने विश्वास छ।

    माघे संक्रान्तिको बिहानै महाकाली किनारमा भक्तजनहरू नुहाउने गर्दछन्। माघे संक्रान्तिको दिन स्नान गरे पाप मोचन भई पून्य कमाइने जनविश्वास छ। परशुरामधाममा लाग्ने मेला भर्न सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्ला र भारतबाट समेत तीर्थालु तथा दर्शनार्थीहरू आएको परशुराम क्षेत्र विकास समितिका अध्यक्ष प्रेम चन्द ठकुरीले जानकारी दिए। यस क्षेत्रमा माघे संक्रान्तीबाहेक औँशी, पूर्णिमा तथा ग्रहण लागेको समयमा पनि दर्शनाथीहरू आउने गर्दछन्।

    एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागिरि पर्वतको मध्य भागमा रहेको परशुरामधाम डडेल्धुराको सदरमुकामदेखि १०० किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको मोटर यात्राबाट पुग्न सकिन्छ। 

    स्कन्द पुराणमा उल्लेख भएअनुसार नजिकै रहेको पूर्णगिरि मन्दिरमा सतीदेवीको पूर्ण अंग पतनपछि भगवान् शिवले यहीँ धाममा लामो समय तपस्या गरेका थिए। 

प्रकाश पार्की

पार्की थाहा खबरका डडेल्धुरा समाचारदाता हुन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]