|

सुर्खेत : कालिकोट जिल्लाको पचालझरना गाउँपालिका ४ निवासी दुर्गा प्रसाद न्यौपानेले प्रहरी चौकीलाई ३ सय २५ वर्ग मिटर जग्गादान गरेका छन्। न्यौपानेले इलाका प्रहरी चौकी पचालझरनाको भवन निर्माणका लागि २ लाख ५० हजार मुल्य बराबरको जग्गा निशुल्क दान गरेका हुन्। 

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलीयालाई जग्गाको लालपुर्जा हस्तान्त्रण गर्दै जग्गा धनी न्यौपानेले गाउँमा प्रहरी चौकी हुँदा सुरक्षाको प्रत्याभूति हुने भएकाले प्रहरी चौकीका लागि आफ्नो इच्छाले जग्गादान गरेको बताए।

जिल्लाप्रहरी प्रमुख डीएसपी ओलीयाले नेपाल सरकार मन्त्रीपरिषद्को निर्णय अनुसार पचाल झरना गाउँपालिकामा इलाका प्रहरी चौकी स्थापना भएको छ। तर चौकीको आफ्नै नामको जग्गा नभएकाले भाडाको घरबाट सेवा संचालन हुँदै आएको छ।

अब जग्गा पनि प्राप्त भएकाले भवन निर्माणको प्रक्रिया अगाडी बढाइनेछ। उनका अनुसार अझै पनि जिल्लाको सान्नीत्रिवेणी गाउँपालिकाको मेहेलमुडी र तिलागुफा नगरपालिकाको ६ गाल्जेमा प्रहरी चौकीका लागि जग्गा पर्याप्त नभएकाले स्थानीयतहसँगको समन्वयमा प्रहरी चौकीका लागि जग्गाको खोजी भइरहेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.