काठमडौं : माघ महिनाको पहिलो दिन आज माघे संक्रान्ति पर्व मनाइँदैछ। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण सुरु हुने भएकाले आजको दिनलाई मकर सङ्क्रान्ति पनि भनिन्छ। आजका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने चलन छ।
यस्तै, थारू समुदायमा माघी महोत्सवको रौनक छाएको छ। थारू समुदायले आजको दिनलाई नयाँ वर्षका रूपमा धुमधामका साथ स्नान, दान, एवं खानपिन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन्। आजदेखि पाँच दिनसम्म धुमधामका साथ तराई क्षेत्रमा यो पर्व मनाइन्छ। पुसको अन्तिम दिन रातभर जाग्राम बसेर रमाइलो गरी माघीका दिन बिहानै नयाँ वर्षलाई स्वागत गएको छ।
आज बिहानै जलाशयमा गई स्नान, पूजा गरी ठूला बडाकहाँ गएर आशीर्वाद लिने थारू समुदायको परम्परा छ। माघीको अवसरमा काठमडौंमा बस्ने थारूहरूले आज टुँडिखेलमा सामूहिक कार्यक्रम गर्दैछन्।
हेर्नुहोस् फोटो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।