सित्तैमा खेल्न पाइने कोर्टदेखि विश्‍वकै सफल खेलाडी

|

नोभाक जोकोको नाम विश्व खेलकुदमा सर्वाधिक सफल नाममध्येमा पर्छ। १६ पटक ग्रान्डस्लाम च्याम्पियन यी सर्वियन स्टार जोकोभिचको संघर्ष साँच्चिकै पीडादायी छ।

सन् १९९९ मा जोकोभिच केबल १२ वर्षका थिए। त्यसअघिनै उनको देशमा युद्ध सुरु भइसकेको थियो। सर्वियाको नियन्त्रणमा रहेको कोसोभोले स्वतन्त्रताका लागि गरेको संघर्षको केन्द्र थियो। 

बेलग्रेड, जहाँ हजारौं सैनिकहरुले युद्धको मुख्य मोर्चा यीनै जोकोभिचको सहर बनाएका थिए। विभिन्‍न देशका गरी करिब १४ हजारले उक्त युद्धमा ज्यान गुमाएका थिए।

लामो युद्धले देश छिन्‍नभिन्‍न भएको थियो। देशको केन्द्र बेलग्रेड अवस्था झनै भयावह छ युद्ध भएको दुई दशकपछि पनि।

नेटोले सर्बियामा ११ हप्तासम्म सर्बियन सैनिकहरुलाई कोसोभोबाट भगाउन आक्रमण गरेको थियो कुरा त्रासका साथ सम्झिने गरिन्छ। सर्बियालाई आदिवासी अल्बानियनहरुविरुद्ध अत्याचार गरेको आरोप अहिले पनि लाग्ने गरेको छ।

जोकोभिचको घर रहेको कंक्रिट बिल्डिङ्ग बेलग्रेडमा छरिएर रहेका अन्य भवन भन्दा फरक देखिँदैन। भित्र जाँदा पहिलो तल्लाको बायाँतर्फको सेतो ढोकालाई जेलको शैलीमा ठाडो फलामे छडले सुरक्षित राखिएको छ। जुन घरमा नोभाक जोकोभिच र हजुरबुवा भ्लादिमिर सँगै बस्ने गर्थे।

सन् १९९९ को मार्चदेखि जुनसम्म नेटो सैनिकले सर्वियाको राजधानी बेलग्रेडमा बमबारी गरिरहँदा अहिलेका विश्व नम्बर एक टेनिस स्टार जोकोभिच बाल्यकालमै बमहरुबाट बच्दै त्राहीत्राहीमा जीवन गुजारीरहेका हुन्थे। 

त्यतिखेर २५ किलो बजन रहेका जोकोभिच टेनिसमा उत्कृष्टताको पथमा अघि बढिसकेको उनलाई थाहा थियो। बमबारीको समयमा ओब्राडोभिच र जोकोभिच हरेक दिनसँगै काम गर्दै बेलग्रेड वरिपरि पैसा तिर्न नपर्ने टेनिस कोर्ट खोज्दै हिड्थें। 

जब टाउको नै पड्केला जसरी हवाई हमलाको साइरन बज्थ्यो, पुस्तौँदेखि बस्दै आएको जोकोभिच परिवार, सँगैका छिमेकी र साथीहरु, यही भवनको तल्लो भर्‍याङ्ग हुँदै बेसमेन्टमा गएर लुक्थे। यही लुकाइ नै जोकोभिचको जीवनका लागि कोसेढुंगा बन्यो। उनले सानैबाट सिकेको कला बेसमेन्टमा पनि कायम राखे। अलिक शान्ति भयो कि उनी कोर्ट खोज्दै दौडिहाल्थे।

जब अलार्म बज्थ्यो र हवाई जहाजको आवाज आउथ्यो, बमले कहाँ हान्थ्यो, कसैलाई केही थाहा हुन्‍न थियो। जोकोभिचका हजुरबुवाका साथी र छिमेकमा बस्ने गरेका जोरजो तत्कालीन समय सम्झँदै भन्छन्, ‘उनीहरुलाई जता मन लाग्थ्यो, त्यही बम फाल्थे। उनिहरुले पुलमा बम हाने, हस्पिटलमा हाने, बुढापाका, गर्भवती महिला बालबालिका कोही पनि भनेनन्।’ उनको कारुणिक आवाज मथ्थर हुँदै गयो।

बेलग्रेड सहरी क्षेत्र बाहिर बान्जीका नाम गरेको आवासीय क्षेत्र छ। जहाँ धेरैजसो मध्यम वर्गीय परिवार औषत मूल्यका घररुमा बस्‍ने गर्छन्। आफ्ना नजिकका मान्छेमा भ्लादा नामले चिनिने जोकोभिचका हजुरबुवा पनि मृत्युअघि सन् २०१२ सम्म दुईवटा बेडरुम लिएर यहीँ बसे। 

अहिले यो फ्ल्याटमा कोही बस्दैनन्। तर स्विजरल्यान्डमा बस्दै आएकी जोकोभिचकी काकीको नाममा छ यो भवन। यो पृष्ठभूमि जोड्नुको अर्थ जोकोभिच टेनिसका महान खेलाडी बन्‍नुपछि यी सामान्य कुराले पनि ठूलो अर्थ राख्छन्। 

आफ्ना तीन छोराहरु नोभाक, मार्को र जोर्देको रेखदेखका लागि पैसा कमाउनु बाबुआमाका लागि अपरिहार्य थियो। त्यसैले बुवा सर्जन र आमा दिजाना धेरैजसो बेलगे्रड बाहिर रहन्थे। जोकोभिच दुई दाजुभाइ र हजुरबुवाबीचमा हुर्किए।

जोकोभिचको उदाउँदो टेनिस करिअर र परिवारको पालनपोषणका लागि सर्जन र दिजाना अनवरत काममा लागिरहन्थे। छोराहरुको शिक्षामा बाधा नहोस भनेर नै सर्जन र दिजानाले हजुरबुवासँग छोडेका थिए।

‘बमबारीको कारण हामी साढे दुई महिनासम्म बिहान दुई या तीन बजेसम्म जागै बस्थ्यौं। सायद यही कारण पनि म हार मान्दिनँ र च्याम्पियन हुन्छु।’

एक अन्तवार्तामा जोकोभिचले भने, ‘हामी ब्यवहारिक रुपमै बेसमेन्टमा बस्ने गर्थ्यौँ। अटाउन सक्नेजति बेसमेन्टमै आउँथे। यसका लागि कुनै रोकावट थिएन।’ 

जोकोभिचले सन् २०११ मा एक अमेरिकन टिभीलाई भनेका थिए, ‘बमबारीको कारण हामी साढे दुई महिनासम्म बिहान दुई या तीन बजेसम्म जागै बस्थ्यौं। सायद यही कारण पनि म हार मान्दिनँ र च्याम्पियन हुन्छु।’

धेरैलाई थाहा छ, जोकोभिच बस्ने गरेको बेसमेन्टमा २० देखि ३० जनासम्म अटाउने गरेका थिए। बेलग्रेडको छेवैमा रहेको पहाडी इलाका अभालामा टेलिकम्युनिकेशन टावर रहेकाले त्यो ठाँउलाई निशाना बनाइने गरिथ्यो। सबै बेसमेन्टमा जम्मा भएपछि सुरु खेल सुरु हुन्थ्यो। बिशेष गरी धेरै साना बच्चाहरु बेसमेन्टमा जम्मा भएपछि त्यहाँ बोर्ड गेमहरु खेल्थे।

आफ्नो लक्ष्य विम्बल्डन जित्नु रहेको भन्दै सानैमा राष्ट्रिय टेलिभिजनमा देखा परिसकेका जोकोभिच अन्यको तुलनामा निकै कठिन कृयाकलापमा संलग्न रहन्थे। उनी त्यति बेलादेखि नै विश्वको उत्कृष्ट टेनिस खेलाडी बन्ने लक्ष्यका साथ अघि बढिरहेका थिए। 

बोग्डान ओब्राडोभिचले टेनिस र राजनीतिको दबदबा रहेको आफ्नो जिन्दगीमा धेरै कुरा देखिसकेका थिए। जुनियरका रुपमा निकै नै कुशल खेलाडी रहेका ओब्राडोभिच १८ वर्षको उमेरमै प्रशिक्षक भइसकेका थिए। 

सर्जनले टेनिस सिकाउन ओब्राडोभिचको अगाडि ल्याउँदा जोकोभिच जम्मा १० वर्षका थिए। पछि ओब्राडोभिच सर्बियाको डेभिस कप कप्तान पनि भए। उनकै नेतृत्वमा सर्बियाले आफ्नो खेलकुद इतिहासकै उत्कृष्ट जित हात पार्दै सन् २०१० मा डेविस कपको उपाधि जित्यो। उक्त टोलीमा जोकोभिच पनि थिए। ५२ वर्षीय ओब्राडोभिच अहिले सर्बियाका सांसद रहेका छन्।

त्यतिखेर २५ किलो बजन रहेका जोकोभिच टेनिसमा उत्कृष्टताको पथमा अघि बढिसकेको उनलाई थाहा थियो। बमबारीको समयमा ओब्राडोभिच र जोकोभिच हरेक दिनसँगै काम गर्दै बेलग्रेड वरिपरि पैसा तिर्न नपर्ने टेनिस कोर्ट खोज्दै हिड्थें। 

सानैमा लोकप्रिय भइसकेकाले नोभाकलाई सबैले मद्दत गरे। सांसद ओब्राडोभिच भन्छन्, ‘बमबारीको समयमा हामी निकै खराब स्थितिबाट गुज्रिरहेका थियौं। धमाकाको आवाज, मान्छे मरेको समाचार र सबै कुरा तहसनहस भएका दृथ्यहरु। तर हामी केही गर्न सक्दैन थियौं। त्यही भएर हामीले टेनिसलाई नै रमाइलो मान्यौं,’ उनले भने ‘म सधैँ नोभाकसँगै हुन्थेँ। सँगै अभ्यास गर्थ्यौँ र हरेक दिन हामीलाई साधारण तरिकाले जिवन बिताउन सकिन्छ भन्ने लाग्यो, यसमै केन्द्रित भयौं।’

जोकोभिच प्राय पार्टिजन टेनिस क्लबमा प्रशिक्षण गर्थे। पार्टिजन सर्बियाको सबै भन्दा सफल खेलकुद क्लबमध्ये पर्दछ। पार्टिजनले सर्बियाको राष्ट्रिय फुटबल प्रतियोगिता नै २८ पटक जितिसेकको छ भने उसको बास्केटबल, वाटर पोलो र भलिबल टिम पनि उतिकै उत्कृष्ट छन्। 

दुसान ग्रजिच पछिल्लो २२ वर्षदेखि पार्टिजनका अध्यक्ष छन्, उनलाई जोकोभिचको मुटमा यो क्लब रहेको लाग्छ किनकी जोकोभिचले ११ वर्ष यही क्लबमा बिताए। नोभाक ६ वर्षको हुँदा नै पार्टिजनमा आएका थिए। 

र, क्लबले उनलाई सक्दो सहयोग गर्यो। त्यही भएर नै क्बलले जोकोभिच र २००८ की फ्रेञ्च ओपन च्याम्पियन आना इभानोभिचका तस्बिरहरु राखेको छ। त्यसमध्ये एकमा युवा अवस्थाका जोकोभिच सानैदेखिका साथी इभानोभिचको छेउमा पार्टिजनको बेसबल क्याप र गलबन्दी लगाएको देखिन्छन्।

जोकोभिचका छिमेकी जोर्जो मिलेनिचले भ्लादालाई जाकोभिच र इभानोभिचको विवाह गर्नुपर्ने बताउँथे। ७५ वर्ष पुरानो पार्टिजनको क्लब हाउस मिलाउने जिम्मेवारी पाएका ड्रागान गाभ्रिलोभिच टेनिसको कुरा गर्न पाउदा निकै खुशी हुने गर्छन्। 

‘बमबारीको समयमा हामी निकै खराब स्थितिबाट गुज्रिरहेका थियौं। धमाकाको आवाज, मान्छे मरेको समाचार र सबै कुरा तहसनहस भएका दृथ्यहरु। तर हामी केही गर्न सक्दैन थियौं। त्यही भएर हामीले टेनिसलाई नै रमाइलो मान्यौं,’ उनले भने ‘म सधैँ नोभाकसँगै हुन्थेँ। सँगै अभ्यास गर्थ्यौँ, हरेक दिन हामीलाई साधारण तरिकाले जिवन बिताउन सकिन्छ भन्ने लाग्यो, यसमै केन्द्रित भयौं।’

खल्तीबाट चुरोट निकाल्दै उनी भन्छन थप्छन्, ‘जब नोभाक १२ देखि १५ वर्षका थिए, शहरभरीका मानिस जम्मा भएर यहाँ उनको खेल हेरेर बस्थे। उनीहरु र हामीलाई पनि थाहा थियो कि नोभाक ठूला उपलब्धिका लागि जन्मेका हुन भनेर।’

जोकोभिच बारे धेरै बोल्न लालायित हुन्छन्। उनलाई टेनिस खेल्नकै लागि अर्को ग्रहबाट आएका मान्छेका रुपमा हेर्ने गरेका छन्। जोकोभिचको संघर्षलाई नजिकबाट देखेकी एक महिला एकछिनका लागि भए पनि जोकोभिच आउने गरेको बताउँछिन्। जसले खुसीको सीमा पार हुन्छ।

संसारकै सबैभन्दा शक्तिशाली क्षेत्रीय सुरक्षा गठबन्धन उत्तरी एट्लान्टिक सन्धी संगठन  (नेटो) ले सन् १९९९ मार्च २४ देखि सर्बियामा आक्रमण गर्न थालेको थियो। 

कोसोभोमा जातीय सफायाको आरोपमा युगोस्लाभ नेता स्लोबोडान मिलोसेभिचको शासनलाई लक्षित गर्दै उनको सेना हटाई अन्तर्रा्ष्ट्रिय शान्ति सेनालाई राख्न सर्बियामा आक्रमण गरिएको थियो। युगोस्लाभ सेना कोसोभोबाट फर्किएपछि १९९९ मा बमबारी बन्द भयो।

बेलग्रेडका गल्लिहरुमा नेटो र यो सँगठनमा रहेका देशहरुलाई लिएर अझै पनि ब्यापक असन्तुष्टि छ। उनीहरुको घाउहरु अझै भित्रसम्म गाढिएर बसेका छन्। कोसोभो अझै पनि मुख्य मुद्दाको रुपमा रहेको छ। पार्टिजन टेनिस क्लबको बाहिर अहिले पनि एउटा राजनीतिक सन्देश लेखिएको छ ‘कोसोभो सर्बियाको पवित्र भुमि हो।’

पश्चिमा मिडियाहरु सर्बियालाई नराम्रो देशको रुपमा प्रचार गर्न लालायित भए पनि त्यसको जवाफ जोकोभिचले दिएको मान्छन् सर्वियनहरु। स्पोर्ट क्लबका पत्रकार शासा ओज्मो जोकोभिच आफ्नो देशलाई प्रचार गर्नका राम्रो समझदारी भएको राष्ट्रिय नायकको रुपमा जोकोभिच रहेको बताउँछन्। 

बिबिसीमा प्रकाशित सामाग्रीको भावानुवाद
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.