उपसभामुख र महामन्त्री शशांक अतिथि

|

नुवाकोट : नुवाकोटका विभिन्न ठाउँमा माघे संक्रान्तिका दिन बुधबार गोरु जुधाइएको छ। स्थानीय कृषकहरुले पोसेर बलियो बनाएका गोरु जुधाइएको हो। नुवाकोटका ६ ठाउँमा ५७ हल गोरु जुधाइएको छ। 

नुवाकोटको बेत्रावतीमा गोरु जुधाएको हेर्न प्रतिनिधि सभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे पनि पुगेकी थिइन्। जिल्लाका तारकेश्वर गाउँपालिकाको तारुकामा २१ हल, विदुर नगरपालिकाको बेत्रावतीमा १३ हल, पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङमा ५ हल, लिखु गाउँपालिकाको कट्टिछापमा ३ हल, तादी गाउँपालिकाको सातबीसेमा १० हल, शिवपुरी गाउँपालिकाको शेराबगरमा ५ हल गोरु जुधाइएको हो।  

तारुकामा गोरु जुधाई हेर्न कांग्रेसका महामन्त्री शशांक कोइराला प्रमुख अतिथि बनेर पुगेका थिए। गोरु जुधाइमा विजयी भएकाहरुलाई पुरस्कृत पनि गरिएको छ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.