|

म्याग्दी : मगर जातीहरुको बाहुल्यता रहेको हिमाली जिल्ला हो म्याग्दी।  यहाँका मगर जातीहरुको आफ्नै परम्परागत संस्कृति, भाषा र भेषभूषा तथा जीवनशैली छ।

मगर समुदायका युवक-युवतीहरु पाश्चात्य संस्कृति र जीवन शैलीको प्रभावमा परेका भएपनि प्रौढ पुस्ताको देखासिकी र आफ्नो परम्परागत मान्यताका कारण रैथाने संस्कृतिलाई अझै सम्म पनि निरन्तरता दिँदै आएका छन्।

मगर समुदायको प्रमुख पर्वहरुमध्ये  माघे संक्रान्ति पर्व पनि एक हो। म्याग्दीको सदरमुकाम बेनीमा परम्परागत रुपमा माघेसंक्रान्ति पर्व मनाइँदै आएको छ। यही पर्वको अवसर पारेर यहाँ विगतमा ६ वटा म्याग्दी महोत्सव पनि सम्पन्न भैसकेका छन्। यस वर्ष म्याग्दी उद्योग वाणिज्य संघ अन्तरगतको महिला उद्यम विकास समितिको मूल आयोजनामा बेनीको खुलामञ्चमा आयोजित माघे संक्रान्ति मेला तथा नेपाल भ्रमण वर्ष २०२० को अवसरमा मगर समुदायले प्रर्दशन गरेको झाँकीले मगर संस्कृति र जीवन शैलीलाई झल्काएको छ। 

पर्वको अवसरमा मगर समुदायको कला संस्कृति र रहनसहन झल्कने झाँकीसहित र्‍यालीले बेनी र मंगलाघाट बजार परिक्रममा गरेको थियो। मगर समुदायको पोशाकमा सजिएका मगर समुदायका बालबालिकादेखि युवायुवति र पौढ सम्मका व्यक्तिहरुको बृहत सहभागितामा र्‍याली निकालिएको थियो।

र्‍यालीमा मगर समुदायको मौलिक संस्कृतिको रुपमा रहेको पुख्र्यौली नृत्य पदर्शन गरिएको थियो। साथै पुख्र्यौली कृषि पेशालाई झल्को दिने गरि हलो, जुवा र दही, दुध राख्ने ठेकीहरु समेत पदर्शन गरिएको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.