|
सन्दर्भ तस्विर

सुर्खेत : सुर्खेतको वीरेन्द्रनगर–६ बुद्धपथमा नेपालकै अग्लो बुद्धमूर्ति बनाइने भएको छ। 

सुर्खेतको बुद्ध सरोकार समितिले नेपालकै अग्लो एक सय आठ फिट अग्लो बुद्धमूर्ति बनाउन लागिएको जानकारी दिएको छ। मुर्ति बनाउन कर्णाली प्रदेशका हरेक नागरिकसँग १०० रुपैयाँ दानमाग्ने निर्णय भएको समितिका अध्यक्ष पञ्चसिंह रोकायाले जानकारी दिए। धर्मजप माला १०८ दानाको हुने भएकोले १०८ फिटकै मूर्ति बनाउने निर्णय भएको रोकायाले बताए।

मूर्ति निर्माण गर्नसमितिले माघ तीन गते शुक्रबारदेखि नौ गतेसम्म वीरेन्द्रनगरमा धम्म देशना गर्ने भएको छ । धम्म देशनामा विभिन्न क्षेत्रका धर्म गुरुहरुले दानको महिमाबारे प्रवचन दिने समितिका महासचिव जीवनकुमार शाक्यले जानकारी दिए। शाक्यका अनुसार उक्त मूर्ति बनाउन ९ देखि ११ करोड रुपैयाँ लागत अनुमान गरिएको छ। 

मूख्य मूर्तिको वरिपरि फोहरासहित अन्य बुद्धमूर्ति पनि बनाइने योजना छ।  दानको स्तरअनुसार दाताहरुलाई सम्मान र शिलालेखमा उनीहरुको नामाकरण पनि गरिने समितिले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.