|

काठमाडौं : सर्वत्र विरोध भएपछि गायिका आस्था राउतले आफ्नो फेसबुकबाट भिडियो हटाएकी छिन्। एयरपोर्टमा प्रहरीले अभद्र व्यवहार गरेको भन्दै उनले प्रहरीलाई गाली गलौजसहित सामाजिक सञ्जालमा भिडियो पोष्ट गरेको थिइन्।

आफू सिक्किम जाँदै गर्दा झापाको भद्रपुर विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेको भन्दै उनले सामाजिक सञ्जालमा भिडियो पोष्ट गर्दै प्रहरीलाई तथानाम गाली गरेको भिडियो पोष्ट गरेकी थिइन्। उनले प्रहरीले आचरण सुधार्नुपर्ने भन्दै दबङ शैलीमा हान्नुपर्ने भिडियाेमा बोलेकी थिइन्।

उनी आफू हतारमा रहेको र प्रहरीले चेक गर्दा अपमान गरेको उनले आरोप लगाएकी थिइन्। उनले प्रयोग गरेका शब्द र विचार एकदमै तल्लो स्तरको छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.