|

रुकुम : रुकुम पश्चिममा ६ दिनको अवधीमा ४६ सवारीसाधन कार्वाहीमा परेका छन्। बसमा क्षमताभन्दा बढी यात्रु राख्ने, जथाभावि पार्किङ गर्ने, सवारीसाधानको कागजपत्र नबोक्नेलगायतको कैफियत देखिएका ४६ सवारी साधानलाई ट्राफिक कार्यालय मार्फत कारबाही गरिएको हो।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा नयाँ प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसी आएदेखि यातायात क्षेत्रमा देखिने बिकृति अन्त्य गर्न सक्रियता बढाईएको छ ।

कार्वाही परेका सवारी सधानमा बस ७, ट्याक्टर ५, ट्रक ५, जीप ३ र मोटरसाइकल २६ रहेका छन्। ती सवारी साधनको कारवाही जरिवानामार्फत ४५ हजार ५ सय राजश्वसमेत संकलन भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले बताए।        

त्यस्तै, प्रहरीले अवैध मदिरा नष्ट गर्ने अभियानलाई पनि तीब्रता दिएको छ। प्रहरीका अनुसार एक सातामा १२ सय लिटर घरेलु मदिरा, बनाउन प्रयोग हुने कच्चा पदार्थ ३ सय ५५ लिटर र घरेलु मदिरा बनाउन प्रयोग हुने औषधि ४० केजी बरामद गरी नष्ट समेत गरेको छ।

त्यस्तैगरी, जिल्लामा आयात क्रममा रहेको शिलबन्दी मदिराको २ सय पेटी नियन्त्रणमा लिइ व्यवस्थापनको लागि सम्बन्धित वडा अध्यक्षलाई जिम्मा लगाइएको समेत प्रहरीले बताएको छ। जिल्लालाई मदिरामुक्त बनाउने अभियानअन्तर्गत केही समयदेखि जिल्लामा घरेलु मदिरा तथा सिलबन्दी मदिरा उत्पादन, बिक्रिबितरण तथा आयातमा प्रतिबन्ध गरिएको छ।

जिल्लाको शान्ति सुरक्षा कायमदेखि अपराधिक घटनाहरुको न्यूनीकरणका लागि मदिरा उत्पादन, सेवन र बिक्रीबितरणमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले बताए। उनका अनुसार जिल्लाभर त्यसको निगरानी गर्न प्रहरी युनिटलाई निर्देशन दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.