|

पर्वत : सानो मालिकलाई नचिन्ने सायद कोही पनि थिएनन्। मुखियाका नातिलाई गाउँ कुना कन्दराले चिन्थे, इज्जत थियो, सबैले सलाम पनि ठोक्थे। कुनै बेला गाउँको ‘हिरा’ मानिएको मुखियाको नातिको अहिलेको हैसियत ‘फलाम’ जस्तै हो। आजभोलि मुखियाको नाति गाउँमा देखिँदा साथ गाउँलेहरू जम्मा भएर पिट्नका लागि लौरी बोकेर दौडिन्छन्। ‘हिरा’ मानिएका सानो मालिक अहिले गाउँका ‘पागल’ बनेका छन्।

उनको यो अवस्था हुनुको कारण भने जुवा तास हो। जुवा खेल्न बानी परेको मुखियाको नातिले साथीभाइ जम्मा भएर जुवा खेल्थ्यो। कहिले हार्दै कहिले जित्दै उसलाई जुवाको लत बस्यो, जति लत बस्यो त्यति नै हानी पनि हुँदै गयो। जुवा खेल्न थालेपछि सबै काम भुल्यो, आवाराको साथमा लाग्दै डुल्यो। न त उसको घरबार राम्रो भयो, न त ज्यान नै सुखमा रह्यो।

बाउ, आमा, आफन्त, ग्रह दशा, दाउ केही चिन्न नसक्ने बनेको उसले घरको धन त सक्यो नै बाहिर पनि सयकडा ५० दरका ऋण लियो। जुवामा थाप्न केही नभएपछि मुखियाको नातिले श्रीमतीलाई नै जुवाको दाउमा थाप्यो र हार्‍यो। ऊ आफू पागल बन्यो, उसकै चिन्तामा बाबुआमाको पनि निधन भयो। बिनागन्तव्य पागल बनेर भौँतारिएको उ एउटा चोकमा घोप्टो परेको र अनुहारमा चोट लागेको अवस्थामा भेटिन्छ। ऊ बाँचेको छ या मृत हो त्यो कथा भने प्रतीक्षामा छ।

यो कथा कुनै नेपाली चलचित्रको भने होइन। लोकप्रिय गीत सिर्जना गर्न अब्बल मानिएका वसन्त थापाको स्वरमा बजारमा आएको ‘मुखियाको नाति’ एल्बमको कथा हो यो। सामाजिक समस्याका रूपमा रहेको जुवाका कारण परिवार र समाज नै कसरी बरबादीमा गइरहेका छन्? भन्ने सन्देश गीतले बोकेको छ। 

नकुल ढकालको गीत र ध्रुव जिसीको सङ्गीत रहेको गीतमा वसन्त थापा, नकुल ढकाल र अमित विश्वकर्माले स्वर भरेका छन्। डिजिटल स्टार पोखराले तयार पारेको गीत तथा म्युजिक भिडिओमा सुरवीर पण्डित, नकुल ढकाल, दीपा पौडेल, रवि कार्की, अमित विश्वकर्मा, खेम के.सी, बुद्धि खनाल र राजु कुमालको अभिनय रहेको छ। म्युजिक भिडिओको निर्देशन तारानाथ आचार्यले गरेका छन्।

हेर्नुहोस भिडियो :

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.