|

भद्रपुर : पेट्रोलियम पदार्थ बोक्ने भारतीय ट्यांकरले ठक्कर दिँदा झापामा एक साइकलयात्रीको मृत्यु भएको छ।

दुर्घटनामा परी मृत्यु हुने अन्दाजी ६२ वर्षीय साइकलयात्रीको हालसम्म पहिचान खुल्न नसकेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

 प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्ग अन्तरगत कनकाई नगरपालिका-४ स्थित कोटीहोम सडकखण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट एनएल ०८ ए ७८३० को पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करले साइकलयात्रीलाई ठक्कर दिएको थियो। 

ट्यांकरको ठक्करबाट गम्भीर घाइते भएका उनलाई बिर्तामोडस्थित विएण्डसी अस्पतालमा उपचारका लागि लैजाने क्रममा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.