|

काठमाडौं : पश्चिमी न्युन चापीय प्रणालीका कारण काठमाडौं लगायत देशभर वर्षा भइरहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिनभरि देशका अधिकांश स्थानहरुमा सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  यस्तै, उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का हिमपात हुने जनाइएको छ। पश्चिम तथा मध्यको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भने भारी हिमपातको सम्भावना रहेको मौसमविद समीर श्रेष्ठले  जानकारी दिए।

यस्तै, शुक्रबार राति  देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा हल्का बर्षा हुने देखिन्छ भने उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण नै काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ। पछिल्लो २० घण्टामा काठमाडौं उपत्यकामा १५ मिलिलिटर वर्षा भएको मौसमविद श्रेष्ठले  जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.