मनोरञ्जन

आदित्य नारायण झाले लगनगाँठो कस्दै, को हुन् उनकी दुलही?

माघ ३, २०७६

    काठमाडौं : बलिउड गायक आदित्य नारायण झा र गायिका नेहा कक्कडबीच विवाह हुने भएको छ। इन्डियन आइडल–११ को कार्यक्रममा उनीहरुको विवाह हुने दुबैका परिवारले जानकारी दिए। उनीहरुका परिवार कार्यक्रममै उपस्थित भएर विवाह हुने घोषणा गरे।

    सो रियालिटी सोलाई अहिले आदित्यले स ञ्चालन गर्दै आइरहेका छन्। यही कार्यक्रममा नेहा निर्णायकको भूमिकामा छिन्। आदित्यले कार्यक्रमकै दौरान धेरै पल्ट नेहासँग विवाहको प्रस्ताव राखेको जनाइएको छ।

    नेहाका लागि उनले सोही शोमा गीत पनि गाउने गरेका छन्। यति बेला नेहाले आदित्यका आमाबुवासँग आर्शिवाद लिएकी थिइन। उदित र दीपा पनि नेहा कक्कडलाई खुब मन पराउँछन्। कार्यक्रममा आदित्यको परिवार मात्र होइन, नेहाको परिवार पनि पुगेका थिए। आदित्यले पनि नेहाको आमाबुवासँग आर्शिवाद लिएका थिए।

    यही कार्यक्रममा आदित्यले नेहासँग विवाहको घोषणा गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]