|

गुल्मी : निर्माणाधीन कालीगण्डकी करिडोरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ।

नेपाली सेनाले निर्माण गरिरहेको कालीगण्डकी करिडोर सडकअन्तर्गत कालीगण्डकी गाउँपालिका–३ अर्बेनी पुर्तीघाट सडक खण्डको कनौटामा माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो। ठूलो पहिरो खस्दा सडक अवरुद्ध भएको नेपाली सेना हर्मिचौरले जनाएको छ। पानी परिराखेकाले पहिरो पन्छाउन समस्या भएको र पानी रोकिएलगत्तै डोजर लगाउने नेपाली सेना बताएको छ।

सडक अवरुद्ध हुँदा बुटबलदेखि बाग्लुङ कुस्मीसेरासम्म जाने  र कालीगण्डकी गाउँपालिकाको केन्द्र पुर्तीघाटसम्म ओहोरदोहोर गर्ने यात्रुहरुलाई सास्ती भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.