|

काठमाडौं : आज दिनभर नै देश भरनै पानी र हिउँ पर्ने भएको छ। 

पूर्व, मध्य र पश्चिमी भेगमा दिनभरि नै पानी पर्ने मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन्र  उनका अनुसार पश्चिमी वायुको प्रभावले बिहीबारदेखि परिरहेको पानी र हिउँ आज पनि रहने छ।

अहिले देशका पूर्व, मध्य र पश्चिमी भेगमा पानी र हिउँ परिरहेको छ  मानन्धरले बताइन्।   पानी र हिउँका कारण देशभर चिसो बढेको छ। चिसोले गर्दा जनजीवन प्रभावित भएको छ। भोलिदेखि मौसम केही खुलेपनि आशिंक बदली रहने मानन्धरको भनाइ छ। 

आगामी तीन दिनको मौसम यस्तो छ । 

माघ ३ गते 

दिउँसो  देशको मध्य तथा पुर्वी भू–भागमा सामान्य देखि पुर्ण बदली रहनेछ साथै पश्चिमी भू–भागमा आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही ठाउँमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना छ। उच्च पहाडी र हिमाली भेगका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ। मध्य तथा पूर्वी उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा भारी हिमपातको सम्भावना छ।

राति :   देशभरि आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै ठाउँमा हल्का पानी पर्ने छ। उच्च पहाडीरहिमाली भेगका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना  छ ।

माघ ४ गते 

दिउँसो :  देशको पश्चिमी भू्(भागमा सामान्य बदली रही बाँकी भू्–भागमा आंशिक बदली रहनेछ।  पश्चिमी  भू–भागका थोरै ठाउँमा हल्का हल्का पानी पर्ने सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ।

राति :  देशभर आंशिक बदली भई देशका एक दुई ठाउँमा हल्का हल्का पानी पर्ने सम्भावना  छ।

माघ ५ गते 

दिउँसो : देशको पहाडी भू–भागमा आंशिक बदली भई पहाडी भू–भागका थोरै ठाउँमा हलुका पानी पर्ने सम्भावना छ।

राति :  देशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.