|

गुल्मी : जिल्ला प्रशासन कार्यालय गुल्मीमा सेवाग्राहीलाई सहजताका लागि  प्रशासनमै ग्लोबल आइएमई  बैंकको एक्स्टेन्सन काउन्टरको शुभारम्भ गरिएको छ।

शुक्रबार एक कार्यक्रमबीच गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले उद्घाटन गर्दै प्रशासन कार्यलयमा सेवा लिन आउने सेवाग्राहीहरूका लागि सहजतासँगै आर्थिक पारदर्शिताका लागि एक्स्टेन्सन काउन्टरको सुरुवात गरिएको दाबी गरे।

जिल्ला प्रशासन कार्यालय गुल्मीमा बुझाउनेपर्ने राजस्‍वका लागि वाणिज्य बैंकमा जानुपर्दा सेवाग्राहीहरूलाई समस्या हुने गरेको र पहिले रसिद काट्दै राजस्‍व बुझ्दा आर्थिक पारदर्शितालाई समेत ख्याल गर्दै एक्स्टेन्सन काउन्टरको सुरुवात गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिए। अब सेवाग्राहीहरुलाई राजश्व बुझाउनका लागि कुनै झन्झट, समस्या नहुने र आर्थिक पारदर्शिता हुने जिल्ला प्रशासन कार्यलय गुल्मीले दाबी गरेको छ।

प्रशासन कार्यलयभित्रै राजश्व बुझाउन पाउँदा समयको बचत र सहजता भएको कालीगण्डकी गाउँपालिका वडा नं १ हर्मिचौरबाट राहदानी बनाउन गएका बिक्रम पाण्डेले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.