जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले आज बिहान दिलिप महतोको परिवारसित भेटघाट गरेका छन्।
धनुषाको मिथिला नगरपालिका-५ श्रीपुरस्थित दिलीपको घरमा उनको बुवा, आमासित भेटघाट गरेका हुन्। मुख्यमन्त्री राउतले पीडित परिवारलाई भेटेर हत्यामा संलग्न व्यक्तीहरुमाथि हदैसम्मको कारबाही गराउन प्रदेश सरकारले आफ्नो तर्फबाट कुनै कसुर बाँकी नराख्ने बताए।
मुख्यमन्त्री राउतले प्रदेश सरकार हरसम्भव सहयोग गर्न तयार रहेको दिलिपको बुवा रामजीवन महतोलाई विश्वास दिलाए। सो क्रममा मुख्यमन्त्री राउतले दिलिपको तस्वीरमा श्रद्धाञ्जली अर्पण गरे।
प्रदेश सरकारले यसअघि नै पाँच लाख रुपैयाँ राहतको घोषणा गरिसकेको छ। गएको शुक्रबार बालुवा, गिट्टी उत्खनन्को विरोध गरेका रामजीवन महतोको २४ वर्षिय छोरा दिलिप भनिने ओमप्रकाश महतोलाई क्रसर माफियाले रडले घोचि टिपरले किचेर हत्या गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।