फिचर

मूर्तिकलामा रमेका रामेश्वर

भारतीयको बिगबिगीले नेपाली कालिगड मर्कामा

माघ ३, २०७६

    सप्तरी : सप्तरीको राजगढ गाउँपालिका–४ बेलीचपेना घर भई सदरमुकाम राजविराजमा रहँदै आएका २७ वर्षीय अरुण मुखिया बिहानदेखि बेलुकासम्म माटोको काममा व्यस्त छन्।

    नेपाली भाषा नबुझ्‍ने ठाकुरले विद्यालयको शिक्षा लिएका छैनन् यद्यपि उनमा रहेको कलाले उनको भविष्यलाई उज्यालो पारेको छ। माटो र परालको प्रयोग गरेर भगवानको मूर्तिहरू बनाउन सिपालु अरुणले बनाएका मूर्तिको माग राजविराजमा मात्र होइन सप्तरी जिल्लासहित सिराहा र अन्य जिल्लाहरूमा पनि हुने गरेको छ।

    विदेशमा गएर काम गर्नुभन्दा सीप सिकेर स्वदेशमै काम गर्दा आनन्द मान्ने उनलाई विदेश जाने कुरा सानैबाट नै मन नपरेको हो। बच्चा उमेरबाट नै कलाप्रति रुचि राख्दै आएका ठाकुर सानै छँदा भारत पसे र त्यहीँका कालिगडहरूबाट मूर्ति बनाउन सिके।

    यही सीपले नै अहिले उनको जीवन चलिरहेको छ। उनले मूर्ति बनाएरै आपूm श्रीमती, एक छोरा र एक छोरी पाल्दै यसमा नै भविष्य देखेका छन्। ‘हमरा विदेश जाइले मन नही करैछी।’ आपूmलाई कहिल्यै पनि विदेश जान मन नलागेको र मूर्ति बनाउने कलाले नै जीवन धानेको सुनाउँदै उनले थारू भाषामा भने,‘मूर्ति बनाके परिवार सबके भरनपोसन भ्यारहल्छ। यही ठाम कमाई निक भ्यारहल्छे।’

    ११ वर्षसम्म भारतमा मूर्ति बनाउन सिकेका अरुणले १५ वर्षको उमेरबाट नै मूर्ति बनाउने अभ्यास गर्न थालेको बताउँछन्। सबै महिनाहरूमा मूर्तिको व्यापार राम्रो नहुने तर सरस्वती पूजा, दसैँ, तिहार, कृष्ण जन्माष्टमी, विश्वकर्मा पूजा लगायतका विशेष पर्व र पूजामा भने बिक्री राम्रै हुने गरेको छ। सबैभन्दा बढी दसैँमा मूर्ति व्यापार हुने गरेको तर पनि मूर्तिको मूल्य भने सस्तो भएका कारण बिक्रीको तुलनामा आम्दानी भने चित्तबुझ्दो नरहेको उनको भनाई छ।

    मूर्ति निर्माण र त्यसपछि गरिने रंगरोगन गर्न धेरै मिहिनेत गर्नुपर्ने तर एउटा पर्व वा चाडमा करिब ४० हजार रुपैयाँ बराबर कमाई हुने उनको भनाई छ। 

    मूर्तिकलामै रमेका रामेश्वर

    सप्तरीकै खड्ग नगरपालिकास्थित बिशनपुरका रामेश्वर मण्डलले पनि राजविराजमै रहेर माटो र परालकै मूर्तिहरू बनाउने गरेका छन्। एक महिनामा झन्डै ५० ओटा मूर्तिहरू निर्माण गर्ने उनले एउटा मूर्तिलाई ४ देखि १० हजार रुपैयाँसम्ममा बिक्री गर्ने गरेका छन्।

    आफ्नै दाजु सोतीलालबाट मूर्तिकलामा निखारिएका रामेश्वरलाई पहिले आम्दानीको लागि विदेश जान मन त लागेको हो तर घरको अवस्थाका कारण विदेश जान मिलेन, अन्ततः मूर्तिकलामा होमिनुको विकल्प नै रहेन्। उनले आपूmलाई काममा सघाउने एक जना सहयोगी पनि राखेर मूर्ति बनाउँदै सप्तरी सहित अन्य जिल्लामा पनि बिक्री गर्दै आएका छन्। औसतमा एउटा मूर्तिलाई ५ हजार रुपैयाँका दरमा बिक्री गरे पनि राम्रो आम्दानी हुने गरेको उनको भनाई छ।

    चाडबाडमा भारतीय कालिगडहरूको बिगबिगी

    स्थानीयका अनुसार विभिन्न चाडहरूमा तराई क्षेत्रहरूमा मूर्ति किन्नेहरूको जमात ठूलो रहेको हुन्छ। यही कारण कतिपयले मूर्ति बनाएर नै जीविका धान्न सकिरहेका छन्। वीरेन्द्र बजारनजिकै घर भएका देवकान्त चौधरीले चाडपर्वका बेला भारतीय कालिगडहरू नेपाल आएर राम्रो कमाई गरेर फर्किने गरेको बताए। ‘नेपालीले त के कमाएका छन् र? चाडबाडको बेलामा भारतबाट धेरै कालिगडहरू आएर घर घरै मूर्ति बनाएर लाखौँ रुपैयाँ लग्छन्।’

    राजविराज बजारमा भेटिएका सप्तरीकै रुपनी गाउँपालिका–६ को युवाबर्ष आधारभूत विद्यालयका शिक्षक सत्यनारायण चौधरीले खुला सीमा रहेका कारण नै मूर्ति बनाएरै पेट पाल्ने नेपाली कालिगडहरू समस्यामा रहेको बताए। ‘भारतीय कालिगडहरूसँग आधुनिक प्रविधि छन्, मेसिन प्रयोग गरेर थोरै समयमा नै मूर्ति तयार गर्छन्।’ उनले भने, ‘नेपालीले उनीहरूको भन्दा राम्रो बनाउँछन् तर आधुनिक सामान नहुँदा ढिलो गरी काम सकिन्छ। यही मौकाको फाइदा भारतीय कालिगडले लिएका छन्।’

    तराई क्षेत्रमा सबै महिनामा मूर्तिको माग हुँदैन। जुन चाड आउँदै छ त्यही चाडसँग सम्बन्धित मूर्तिहरू बनाएमा मात्र ती मूर्तिले बजार पाउने गरेका मूर्तिकारहरू बताउँछन्। यति बेला प्राय सबैजसो मूर्तिकारहरू विद्याकी देवी सरस्वतीको मूर्तिहरू निर्माणमा व्यस्त रहेका छन्। माघ १६ गते परेको वसन्त पञ्चमीका लागि मूर्तिहरू तयार बनाएर रंगरोगनको काम चलिरहेको छ।

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]