वातावरणीय प्रभाव मूल्यांकन सकियो

|

काठमाडौं : लगानी बोर्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको लागि  स्वीटजरल्याण्डको जुरिच एयरपोर्ट इन्टरनेशनल एजीसँग आशयपत्र मागेको छ। बोर्डले शुक्रबार सार्वजनिक सूचना प्रकाशन गर्दैयस्तो आशयपत्र माग गरेको हो। 

कम्पनीलाई फागुन १८ गतेसम्म तोकिएको ढाँचा अनुरुप प्रस्ताव पेश गर्न लगानी बोर्डले आग्रह गरेको छ। जुरिचले विमानस्थलको निर्माण, विकास र सञ्चालनबारे आर्थिक तथा प्राविधिक प्रस्ताव पेश गर्नु पर्नेछ। यस्तो प्रस्ताव बोर्डलाई उपयुक्त लागेमा विमानस्थल निर्माणको जिम्मा जुरिचले नै पाउने छ। 

लगानी बोर्डका अनुसार यो विमानस्थ  निजी, सरकारी साझेदारीको ढाँचामा निर्माण लागिएको हो। यस्तो ढाचामा निर्माण गरिदा कम्पनीले निर्माण सञ्चालन र निश्चित अवधिपछि सरकारलाई हस्तान्तरण गर्नुपर्छ। बोर्डले फागुन ४ गते प्री-बिडिङ कन्फ्रेन्स गर्दैछ।

सर्वोच्च अदालतले निजगढमा विमानस्थलका लागि हालै अन्तरिम आदेश दिँदै तत्काल रुख कटान नगर्नु भनर्को बेला बोर्डले विमानस्थल निर्माणमा सक्रिया देखाउदै आशयपत्र माग गरेको हो।

सरकारले २०५१ सालमै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महसुस गरि अध्ययन सुरु गरेको थियो। विभिन्‍न स्थानमा अध्ययन गरिएपछि निजगढ उपयुक्त भएको भन्दै सिफारिस गरिएको थियो।

२०६४ सालमा राष्ट्रिय योजना आयोगले यो अन्तर्राष्ट्रिय विमानस्थल आयोजनालाई प्रस्तावित परियोजनामा समावेश गरेको थियो। यो विमानस्थलका लागि विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन भइसकेको लगानी बोर्डले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.