|

रौतहट : प्रदेश २ सरकारले ‘छोरी बिमा’ अभियान बिहीबारदेखि रौतहटको गौर नगरपालिकाबाट सुरु भएको छ। 

रौतहटको १८ वटै स्थानीय तहमा गरिने छोरी बिमा शिविर बिहीबार गौर नगरपालिकाको आधारभूत विद्यालय बाल मन्दिरको प्राङगणबाट शुरु भएको प्रदेश २ का कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जानकारी दिएका छन्।

छोरी बिमा अभियान गौर नगरपालिकाको आयोजना तथा प्रदेश सरकारको सहयोगमा गौर नगरपालिकाभरि शनिबारसम्म चल्ने नगर प्रमुख अजयकुमार गुप्ताले बताए। बिमा शिविरमा नगर प्रमुख गुप्ताले नगरपालिकामा जन्मेका छोरीलाई समयमा ल्याई ‘छोरी बिमा’ गर्न आग्रह गरेका छन्।

गौर नगरपालिकाले तीन दिनमा लगभग ५ हजार छोरीलाई यस अभियानमा सहभागी गराउने लक्ष्य लिएको नगर प्रमुख गुप्ताले बताए। बिहीबार मात्रै ८४ जना बालिकाको बिमा भएको नगर प्रमुख गुप्ताले जानकारी दिए।

माघ ६, ७ र ८ गते बौधीमाइ नगरपालिकामा शिविर चल्ने छ भने भने चन्द्रपुर नगरपालिकामा माघको २५, २६ र २७ गते छोरी बिमा शिविर चल्ने छन्। यसैगरी रौतहटकको १८ वटै स्थानीय तहमा छोरी बिमा अभियान लैजाने राज्यमन्त्री यादबले जानकारी दिएका छन्। 

प्रदेश सरकारले प्रदेशको १३६ वटै स्थानीय तहहरूबाट एकद्वार प्रणालीबाट उक्त अभियान सुरु गरेको हो। बिमाको साथै जन्म दर्ता, छोरी भएको घरमा निशुल्क इन्टरनेटसमेत जडान गरिएको छ।

छोरीलाई बोझको रुपमा हेर्ने दृष्टिकोण परिवर्तन गर्ने उद्देश्यकासाथ प्रदेश सरकार अघि बढेको उनले बताए। उक्त अभियानको मुख्यमन्त्री लालबाबु राउतले पर्सा जिल्लाबाट सुरु गरेका थिए। अन्य जिल्लामा प्रदेश सरकारका अन्य प्रतिनिधि पुगेको प्रदेश सरकारले जनाएको छ।

मुख्यमन्त्री राउतले आफू मुख्यमन्त्री भएपछि पहिलो निर्णय नै छोरी बिमा कार्यक्रमबारे गरेका थिए। बेटी बचाउ, बेटी पढाउ अभियानअन्तर्गत बिगतका दिनहरूमा पनि विद्यालयमा अध्ययनरत छोरीलाई प्रदेश सरकार तथा स्थानीय सरकारले साइकल पनि वितरण गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.