|

काठमाडौं : उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीलाई परामर्श दिइरहेको ‘नायर’को अगुवाइमा काठमाडौंमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर संचालनमा ल्याइएको छ। नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले सूचना केन्द्र उद्घाटन गरेका हुन्।

नायरको अगुवाइमा यो सूचना केन्द्र स्थापना गरिए पनि यसमा शैक्षिक परामर्शमा रहेका अन्य सबै संघसंगठनको पनि सहभागिता रहने र यसले अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई सहयोग गर्ने विश्वास आफूले लिएको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।

राजदूतले सेन्टर खुल्नुलाई सकारात्मक रूपमा लिएको बताए। राजदूत बडले भने, ‘यो अत्यन्त सकारात्मक काम हो, यसले नेपाली विद्यार्थीलाई ठूलो सहयोग गर्ने हामीले विश्वास लिएका छौँ।’

नेपाल शैक्षिक परामर्श संघ इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रका लागि र अष्ट्रेलिया जान चाहनेका लागि यो सुरुवात निकै राम्रो भएको बताए। कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले सूचना केन्द्रबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले लाभ लिनसक्ने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.