|

बार्सिलोनाको प्रशिक्षक बन्ने अफर अस्वीकार गरेको एक साता नबित्दै जार्भीयर हर्नान्डेज (जाभी) ले कतारी क्लब अल–सदादलाई दोस्रो उपाधि दिलाएका छन्। कतार कपको फाइनलमा अल सदादले अल दुहाइललाई ४–० ले हरायो। सदादका लागि कोरियाली मिडफिल्डर नाम–ते–हीले सुरुवाती अग्रता दिलाएका थिए। दुहाइलका गोलरक्षक अमिने लेकोम्टेको गल्तीको फाइदा उठाउँदै अल्जेरियन फरवार्ड बग्दाद बहुनेजाले अग्रता दोब्‍बर बनाए।

दोस्रो हाफमा बग्दादले व्यक्तिगत दोस्रो गोल गरे। भिल्लारियलबाट लोनमा आएका कतारी मिडफिल्डर अक्रम अफिफले पेनाल्टीमार्फत गोल गरेपछि अल–सदादले ४–० गोल अन्तरको जित निकाल्दै उपाधि जित्यो। कतार कपको उपाधिसँगै जाभीले प्रशिक्षक करियरमा अल–सदादलाई दोस्रो उपाधि दिलाएका हुन्। यसअघि गत अक्टोबरमा अल सदादले अल दुहाइललाई १–० गोल अन्तरले पराजित गर्दै कतारी सुपरकपको उपाधि जितेको थियो।

खेलाडीपछि प्रशिक्षक करिअर

जाभीले अल–सदादमा ४ वर्ष खेलाडीको रुपमा बिताएर प्रशिक्षक करिअर सुरु गरेका थिए। बार्सिलानाको १७ वर्षे खेलाडी करिअर अन्त्य गर्दै जाभी सन २०१५ देखि २०१९ मा सदादबाट खेलाडीको रूपमा मैदानमा देखिएका थिए। व्यावसायिक फुटबलबाट संन्यास घोषणा गरेपछि सोही वर्षबाट क्लबले उनलाई प्रशिक्षकको रूपमा जिम्मेवारी दिएको थियो।

कतारी लिगमा सदादको प्रदर्शनलाई हेरेर बार्सिलोनाले जाभीलाई नयाँ भूमिका दिन चाहेको थियो। तर, उनले बार्साको प्रस्ताव अस्वीकार गरेपछि क्विक सेटिनलाई प्रशिक्षकको रुपमा भित्र्याएको हो। खेलाडी करियर जाभीले बार्सिलाना र अल–सदादमा मात्र बिताए। बार्सिलोनमा सन १९९८ देखी २०१५ सम्म सिनियर करिअरमा उनले ७६७ खेलमा ८५ गोल गरेका थिए।

बार्सामा रहँदा क्लबले ८ पटक ला–लिगा, ३ संस्करणको कोपा डेल रे, ६ पटक स्पेनिस सुपर कप, ४ पटक च्याम्पियन्स लिग, २/२ पटक युइएफए सुपर कप र फिफा क्लब विश्वकप जितेको थियो।

अल सदादमा खेलाडी करिअरमा ११५ खेलमा सहभागी बन्दै २५ गोल गरेका थिए।  क्लबले सन २०१७ मा इमीर अफ कतार कप, कतार कप र कतारी सुपर कप जितेको थियो। त्यसैगरी २०१८–१९ सिजनमा कतार स्टार लिग जितेको थियो।

यु–१७ बाट राष्ट्रिय टिमको यात्रा थालेका जाभीले सिनियर टिममा १४ बर्ष विताउँदै १३३ खेलमा १३ गोल गरेका थिए। क्याटलोनियबाट समेत उनले १२ खेलमा सहभागी बनेका थिए। उनको करियरमा स्पेनिस टोली सवैभन्दा सफल मानिएको थियो। स्पेनले २०१० को फिफा विश्वकप, २००८ र २०१२ को युरोकप, २००० को ओलम्पिकमा रजत पदक र १९९९ को फिफा युवा विश्व च्याम्पियनसिप जितेको थियो। खेलाडी करियरमा ४० भन्दा बढी व्यक्तिगत विधामा सम्मान तथा अवार्ड पाएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.