काठमाडौं : अन्नपूर्ण आधार शिविरको पदमार्गमा हराइरहेका सातजना अझै सम्पर्कमा आउन सकेका छैनन्।
तीनजना नेपालीसहित चारजना कोरियन पर्यटक हराइरहेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल ‘टान’ पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए। उनीहरूको खोजी तीब्र पारिए पनि अहिलेसम्म कुनै पत्तो नलागेको उनले बताए।
यसैबीच, दिउँसोबाट मौसममा सुधार आएसँगै हेलिकप्टरमार्फत अन्नपूर्ण पदमार्गमा फसेका करिब एक सयजनाको सकुशल उद्धार गरिएको छ। हेलिकप्टरमार्फत एबिसी, बेस क्याम्प र देउरालीबाट ल्याएर पोखरा र छुमरुङ भन्ने ठाउँमा राखिएको छ। तीनदिने पदयात्रा सुरु गरेका उनीहरू दोस्रो दिनदेखि बेपत्ता भएका हुन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।