|

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) को अनुदान सहायता राष्ट्रिय सहमतिमै अगाडि बढाइएको बताएका छन्। 

तत्कालीन प्रधानमन्त्री शुशिल कोइराला, प्रचण्ड हुँदै केपी ओलीसम्म हुँदासम्म सबै सरकारले यो अनुदान सहायता लिन प्रयास गरेको भन्दै एमसीसी राष्ट्रहितमा रहेको बताएका हुन्।

पूर्व उपप्रधानमन्त्री समेत रहेका थापाले केपी ओलीको अघिल्लो सरकारमा आफू परराष्ट्रमन्त्री हुँदा अमेरिकाका विदेशमन्त्रीसँग समेत एमसीसीको बारेमा छलफल भएको भन्दै इण्डोप्यासाफिक रणनीतिसँग सम्बन्ध नरहेको बताए। शनिबार राप्रपाको भ्रातृ संगठन ट्रेड युनियन महासंघ नेपालको वागमती प्रदेशस्तरीय श्रमिक भेलामा थापाले नेपालको हितमा नै एमसीसी परियोजनामार्फत पाँच वर्षभित्र नेपालमा अर्बौ रुपैयाँ खर्च गर्ने सहमति भएको बताए।

थापाले नेपालको स्वाभिमान, स्वाधिनतामामाथि एमसिसी सम्झौताले खलल नपार्ने भन्दै विकासविरोधी तत्वहरूले विरोध गरेको बताए। उनले अरुण तेस्रो जलविद्युतको उदारहण दिँदै विभिन्न नाममा एमसिसिको विरोध गर्नेहरूले धराप पारेको बताए। 

सभामुख चयन समयमै गर्नुपर्छ  

थापाले सत्तापक्षमा बस्ने दलको कारणले संसदको गरिमाको विषय सभामुख चयनमा ढिलाई गर्न नहुने बताए। उनले नेकपाको आन्तरिक विवादको असर संसदमा देखिन नहुने भन्दै सभामुख चयन प्रक्रिया तोकिएको समयमै अगाडि बढाउन जरुरी रहेको बताए।

प्रजातान्त्रिक मूल्य र मान्यातविरुद्ध सभामुख चयनलाई अनिर्णय गर्दा नेकपाले संसदको अपमान गरेको हुन जाने भन्दै उनले समयमा चयन गर्न नेकपालाई आग्रह गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.