|

संखुवासभा : पेट्रोलियम पदार्थमा कालो बजारी गरेको आरोपमा खाँदबारी नगरपालिका ९ यसोधा आयलका पम्प सञ्चालक पक्राउ परेका छन्। पेट्रोलियम डिलर्सले पेट्रोलपम्पमा तोकेको भन्दा बढी मूल्यमा बिक्री गरेको आरोपमा यसोधा आयलका सञ्चालक उत्तम कटुवाल परेका हुन्।

सञ्चालक कटुवाललाई जिल्ला प्रशासन कार्यालय संखुवासभाले सञ्चालकविरुद्ध कालोबजारीको मुद्दा चलाएको छ। सञ्चालक कटुवालले पेट्रोलियम डिलर्सले पेट्रोल पम्पमा तोकेको भन्दा बढी मूल्यमा बिक्री गरेको आरोप छ।

नेपाल आयल निगम लिमिटेडले समायोजन गराएको मूल्यबारे मातहतका निकायमा तोकेको मूल्य भन्दा बढी लिएपछि कटुवाललाई जिल्ला प्रशासन कार्यालयले मुद्दा चलाएको हो। सञ्चालक कटुवालले पुस १७ मा डिलर्स एसोसिएसन विराटनगरले उपलव्ध गराएको भन्दा बढी मूल्य लिएर माघ २ गतेसम्म पेट्रोलियम पदार्थ बेचेको आरोप छ।

यसोधा आयलका निगमले डिलर्स एसोसियसनले तोकेभन्दा प्रतिलिटर २५ पैसा बढी लिने गरेका थिए। यसोधाका सञ्चालक कटुवालले उपभोक्तालाई बढी पैसा लिएको गुनासो बढेपछि कटुवालविरुद्ध कालोबजारीको मुद्दा चलाएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले जानकारी दिए। 

सञ्चालक कटुवालले उपभोक्तासँग डिजेल र पेट्रोलमा २५ पैसा बढी असुलेको तथ्य पत्ता लागेपछि पक्राउ गरेर मुद्दा चलाएको प्रजिअ दुलालले बताए। कटुवालले बास्तविक मूल्य भन्दा बढी मूल्यमा बिक्री गरिरहेको गुनासो उपभोक्ताको थियो।

पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष देवेन्द्रकुमार श्रेष्ठको हस्ताक्षरमा गत पुस १७ मा जारी भएको मूल्य अनुसार ११४ रुपैयाँ ६५ पैसामा बिक्री गर्नु पर्ने पेटोल र डिजेल १ सय ३ रुपैयाँ ६५ पैसामा बिक्री गर्नु पर्ने छ। तर, कटुवालले पेटोल ११४ रुपैयाँ ९० पैसा र डिजेलमा प्रतिलिटर १ सय ३ रुपैयाँ ९० पैसामा बिक्री गर्दै आएको जनाइएको छ।

यसोधा आयलका सञ्चालक कटुवाललाई ३ वर्ष अघि पनि पेट्रोलियम पदार्थमा मूल्य बढी लिएको आरोपमा प्रशासनले मुद्दा चलाएको थियो। जिल्लामा भएका अन्य ३ वटा पम्पमा भने निर्धारण गरिएको मूल्य नै  पेट्रोलियम पदार्थ  बिक्री भइरहेको प्रशासनले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.