|
फाइल तस्बिर

जनकपुरधाम : प्रदेश-२ मा आइतवार सार्वजनिक बिदा दिएको छ। मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोको स्मृति दिवस मनाउन प्रदेश सरकारले वार्षिक क्यालेण्डरमै सार्वजनिक बिदा उल्लेख गरेको हो।

मधेस आन्दोलनका क्रममा २०६३ माघ ५ गते लहानमा विद्यार्थी रमेश महतो पहिलो शहीद भएको थियो। उनको सम्झनामा हरेक वर्ष माघ ५ गते बलिदानी दिवस मधेसवादी दलले मनाउँदै आएका छन्।

यसवर्ष प्रदेश २ सरकारले वीरगन्जमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ। लहानमा भने मधेसवादी दलका नेताहरू शहीद रमेश महतोको स्मारकमा माल्र्यापण गर्ने कार्यक्रम छ।

राजपा नेपाल सिरहाले लहानमा बलिदानी दिवसको अवसरमा र्‍यालीपश्चात कोणसभा गर्ने जनाएको छ। समाजवादी पार्टीका नेताहरूले भने मात्र माल्र्यापण गर्नेछ। यस्तै, जनमत पार्टीले शहीद महतोको गाउँ नवराजपुरमा बलिदानी दिवस मनाउने निर्णय गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.