|
फाइल तस्बिर

काठमाडौं : सत्तारुढ नेकपाले आज सभामुखको उम्मेदवार टुंगो लगाउने भएको छ। उम्मेदवार टुंगो लगाउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा छलफल जारी छ।

नेकपाले उम्मेदवार टुंगो लगाउन नसक्दा लामो समयदेखि प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको छ। भोलि बस्नेगरी पछिल्लो पटक पुस २७ गते बैठक स्थगित भएपछि नेकपामा पटपटक छलफल भए पनि उम्मेदवार टुंगो लागेको छैन्। 

आज दुई अध्यक्षबीच सभामुख उम्मेदवार टुंगो लगाउने गरी छलफल हुन लागेको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए। आज उम्मेदवारको टुंगो लाग्न नसके प्रतिनिधिसभा बैठक पुनः अनिश्चित हुने सम्भावना छ। यसअघि पुस ११ गते, १६ गते र २७ गते बैठक स्थगित गरिएको थियो। तत्कालीन सभामुख कृष्णबहादुर महराले बलात्कारको आरोप लागेर राजीनामा दिएपछि रिक्त रहेको पदमा नेकपाले उम्मेदवारको टुंगो लगाउन नसकेपछि निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेगरी बस्नुपर्ने प्रतिनिधिसभा बैठक स्थगित हुँदै आएको हो। 

नेकपामा सभामुख पदका लागि तत्कालीन एमाले पक्षधर र माओवादी पक्षधरबीचको आपसी खिचातानी छ भने उपसभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएकी छैनन्। उता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपाले संसदलाई बन्धक बनाएको भन्दै आक्रोश व्यक्त गरेको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.