नाम र राजधानी टुङ्ग्याउनेदेखि आधा दर्जन विद्येयक पारित गरिँदै

|

काठमाडौं : ५ नम्बर प्रदेश सभाको हिउँदे अधिवेशन आज (आइतबार) देखि शुरु हुँदैछ। मूख्यमन्त्री शंकर पोखरेलको सिफारिसमा  प्रदेश प्रमुख धर्मनाथ यादवले दिउँसो १ बजे बस्नेगरी संसदको पाँचौं अधिवेशन आह्वान गरेका हुन्।

आजदेखि शुरु हुने प्रदेश सभाको नयाँ अधिवेशनले प्रदेशको नामदेखि करिब आधादर्जन विद्येयक पारित गर्नुपर्नेछ। हालसम्म सातमध्ये चार प्रदेशले नाम र राजधानी टुङ्गो लगाएका छन्।

अधिवेशनको पहिलो दिन आज शुभकामना मन्तव्यको कार्यक्रम राखिएको छ। संसद्मा पेश हुने एजेण्डाबारे कार्यपरामर्श समितिले आजै निर्णय गर्ने जनाइएको छ। 
यो अधिवेशनबाट प्रदेशसभाले स्थानीय तह, लोक सेवा, विश्वविद्यालय,  चलचित्र, सुशासन र वातावरणलगायत कम्तिमा आधादर्जन विधेयक पारित गर्नेछ।

यस्तै, यही हिउँदे अधिवेशनमै प्रदेशसभाले बाझिएका कानूनहरु पनि संशोधन गर्ने भएको छ। यसअघिका चारवटा अधिवेशनमा प्रदेशसभाले ५९ वटा विद्येयक पारित गरेको छ। 

५ नम्बर प्रदेशसभामा सत्तारुढ नेकपाका ६१, नेपाली कांग्रेसका १९, समाजवादी पार्टीका ५ र राजपा तथा राष्ट्रिय जनमोर्चाका १÷१ गरी ८७ सांसद् छन् । यसअघिको बजेट अधिवेशन जेठ २ गते सुरु भएर असोज २ गते सम्पन्‍न भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.