|

हटौंडा : मकवानपुरको मनहरि गाउँपालिका–७ स्थित बसले ठक्कर दिँदा ४० वर्षीय भीमराज स्याङतानको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीका अनुसार काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ३८४४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेका साइकलयात्री स्याङतानलाई शनिबार राति ठक्कर दिएको थियो। ठक्करबाट घाइते स्याङतानको उपचारका क्रममा मृत्यु भएको हो।

बस र चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.